ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रिपब्लिक विधायक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव


एबीसी न्यूज
कार्तिक २७, २०८१ मंगलबार  ११ : ४६ बजे

काठमाडौं २७ कात्तिक । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनिक टिम बनाउन थाल्नुभएको छ । सन् २०२५ को जनवरी २० तारिखमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिने कार्यक्रम छ । तर त्यसअघि नै उहाँको प्रशासनिक टिमले आकार लिन थालिसकेको बीबीसीले जनाएको छ ।

ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ । पूर्व आप्रवासन निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ ।

पूर्व विधायक जी जेल्डिनलाई यूएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिइएको छ । यस्तै एलाईस स्टेफानिक राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन हुनुभएको छ । ट्रम्पका लागि महान्यायाधिवक्ता चयन भने चिन्ता र चुनौतीका विषय बनेको छ ।

ट्रम्पको प्रमुख एजेण्डा आप्रवासीबारे ठोस निर्णय गर्न तथा उहाँका विरोधीसँग कानुनी लडाइँ लड्न यी दुवै विषयमा महान्यायाधिवक्ताको भूमिका जरुरी भएको छ । पहिलो कार्यकालमा ट्रम्पले महान्यायाधिवक्ता र गुप्तचर विभाग ९एफबीआई० का प्रमुखलाई समेत बर्खास्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com