ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीखोला युवा क्लबलाई सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि


abc tv
कार्तिक १३, २०८१ मंगलबार  ८ : ३५ बजे

सिन्धुली । जिल्लामा जारी सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानिखोला युवा क्लवले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सिन्धुली एकेडेमिलाई पराजित गर्दै गोलन्जोर गाउँपालिकाको रानिखोला युवा क्लवले उपाधि जितेको हो ।

शुभ दिपावली तथा छठको अवसर पारेर सिन्धुली –६ धुराबजार युवा क्लवले खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको थियो । सिन्धुली एकेडेमिलाई २–० गोल अन्तरले पराजित गर्दै रानिखोला युवा क्लवले उपाधि जितेको क्लवका अध्यक्ष उमेश कुमार भोलनले जानकारी दिए ।

सेमिफाइलमा रानिखोला युवा क्लवले सुर्य किरण सामुदायिक युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने सिन्धुली एकेडेमिले ब्लु अल्पाइन युवा क्लव लाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेतालाई ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेतालाई २० हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी तथा कमलामाई नगरपालिका –६ का वडा अध्यक्ष उज्वल थापाले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

गत ८ गतेबाट सन्चालन गरिएको सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगितामा महोत्तरी,सर्लाहि र सिन्धुलीको गरी १८ वटा क्लवको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com