ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेमिफाइनलमा नेपालले १ घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने


एबीसी न्यूज

काठमाडौं १३ कात्तिक । अखिल भारतीय फुटबल महासंघ एआईएफएफ ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघ ९साफ० उजुरी गर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यही कात्तिक ११ अक्टोबर २७ मा भारत(नेपालबीचको सेमिफाइनलमा भएको विवादप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसविरुद्ध साफमा पत्र पठाउने निर्णय गरेको हो।

एआईएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआईएफएफले यो घटनाबारे साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यो मुद्दा उठाउनेछ। भारतको अन्डर–१९ महिला टोलीले पनि भर्खरको साफ प्रतियोगितामा झन्डै यस्तै अवस्थाको सामना गर्नुपरेको थियो र एआईएफएफले यस क्षेत्रको फुटबलको विकासका लागि यस्ता कुरा राम्रो नहुने ठानेको छ।’

 

गत आइतबार साँझ काठमाडौँस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलको ७१औँ मिनेटमा संगिता बासफोरले गरेको गोलमा भारतले सुरुवाती अग्रता लिएको थियो।

तर लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि केही बेर तनाव भएको थियो। भुटानी रेफ्री ओम चुकीको निर्णयविरुद्ध नेपाली पक्षले विरोध गर्दा खेल एक घण्टाभन्दा बढी समय रोकिएको थियो।

सहमतिपछि पुनः सुरु भएको खेलमा १० खेलाडीमा सीमित भएको नेपाली टोलीले गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको थियो। जसमा भारतलाई ४–२ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com