ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको फाइल एक नम्बर न्यायाधीशले हेर्ने


एबीसी न्यूज

काठमाडौं ४ कात्तिक । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको इजलासमा पेस हुने भएको छ। जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालका अनुसार म्याद थपको निर्णय गर्न न्यायाधीश दाहाललाई तोकिएको छ। लामिछानेको मात्र नभई अन्य म्याद थपका फाइलहरू पनि न्यायाधीश दाहालको इजलासमा पेस हुने उनले बताए ।

शुक्रवार पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानेलाई पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार लामिछानेलाई सुरुमा दुई अभियोगमा म्याद थपको तयारी गरिएको छ। सहकारी ठगी र सङ्गठित अपराधमा म्याद थप गरिन्छ भने सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्नेबारे छलफल भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।

शुक्रवार एक जना पनि न्यायाधीश हाजिर नभएका कारण नेपालगन्जबाट बोलाउनुपरेको जिल्ला अदालत कास्कीमा आइतबार भने पाँच न्यायाधीशको पाँच वटै इजलास गठन भएको छ। जिल्ला अदालतमा १८ दिनपछि न्यायाधीशहरू इजलासमा उपस्थित भएर सुनवाइ सुरु भएको हो ।

असोज १७ गते घटस्थापनाको दिनदेखि बिदामा गएका न्यायाधीशहरू शुक्रवार उपस्थित हुनुपर्ने भएपछि बिदामा बस्दै आइतबार मात्र इजलासमा फर्किएका हुन्। ७ न्यायाधीशको दरबन्दी रहेको अदालतमा शुक्रवार दिउँसो २ बजेसम्म एक जना पनि उपस्थित नहुँदा पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ अनुमति लिने विषय अन्योलमा परेको थियो । अदालतका सबै न्यायाधीश बिदामा रहेको भनी हल्ला भएपछि नेपालगन्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हवाईजहाज चढेर पोखरा पुगेका थिए । उनी पुगेपछि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ अनुमति जारी गरेको थियो ।

आइतबार न्यायाधीशहरू दाहाल, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह र नीतिज राई उपस्थित छन् । उनीहरूको एकल इजलास पनि तोकिएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, हिमलाल बेल्बासे र चन्द्रकान्त पौडेल अझै बिदामा छन्। कास्कीबाट सरुवा भइसकेका न्यायाधीश महेन्द्रबहादुर थापा पनि आज अदालत पुगेको तर उनले मुद्दा हेर्ने छैनन्। रमाना नलिइसकेका कारण उनी कास्कीमै हाजिर भएका हुन् । बेल्बासे दसैँअघि नै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग बिदा मागेर तीन महिनाका लागि अमेरिका गएकाले अनुपस्थित भएका हुन् ।

शुक्रवार न्यायाधीश नभएको घटना बारे सर्वोच्चले छानबिन गर्ने

शुक्रवार अबेरसम्म कास्की अदालत न्यायाधीशविहीन भएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गम्भीर रूपमा लिएर न्याय परिषदलाई छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। उनले न्याय परिषद् सचिव यमबहादुर बुढालाई घटनाबारे बुझेर प्रतिवेदन दिन निर्देशन गरेका हुन् । उनले एकै पटक सबै न्यायाधीश किन अदालत खुलेको समयमा बिदा बसेको भनी प्रतिवेदन तयार गरी आगामी परिषद्को बैठकमा पेस गर्न भनिएको छ।

सचिव बुढाले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा।रत्नबहादुर बागचन्द, जिल्ला अदालतका न्यायाधीश तथा तथा कर्मचारीहरूसँग सोधपुछ थालेका छन् ।

प्रधानन्यायाधीशको सचिवालयका अनुसार एक नम्बर न्यायाधीश दाहालले अड्डा खुलेको दिन सेवा प्रवाहका विषयमा कुनै वैकल्पिक व्यवस्था नै नगरी ढुक्कले बिदा बसेका कारण यो परिस्थिति बनेको हो वा अरू कारण छन् भनी न्याय परिषद्ले छानबिनपछि प्रतिवेदन दिने छ ।

सचिव बुढाले प्रतिवेदन दिएपछि थप कदमबारे छलफल हुने प्रधान न्यायाधीशको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com