ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा आजदेखि ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स


एबीसी न्यूज

काठमाडौं ४ कात्तिक । सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था कार्यान्वयमा ल्याएको छ। यो व्यवस्था आजदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणको रुपमा लागू गर्न लागिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् आजदेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल पास गरेपछि चालकले मोबाइलमै लाइसेन्स पाउने जानकारी दिएका छन्।

‘आजदेखि नागरिक एप मार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमा लेखेका छन्, ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट पनि हटेको छ।’

 

उनले आज आइतबार०देखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने जानकारी दिएका छन्। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको प्रधानमन्त्रीको भनाई छ।

‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ,’ प्रधामन्त्रीले ओलीले भनेका छन्, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’

यो सिस्टम लागू भएपछि लाइसेन्स कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्न लागिएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो। परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल गर्न लागिएको हो।

मन्त्रालयले डिजिटल लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई मोबाइल उपलब्ध गराएको छ। जाँचका लागि ट्राफिक प्रहरीलाई १०४ वटा मोबाइल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com