ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ सय सवारीचालक कारबाहीमा


एबीसी न्यूज

काठमाडौं ४ कात्तिक । नवलपुरमा दसैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका नौ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् । असोज १७ देखि कात्तिक १ सम्म सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बढी भाडा लिने, छतमा यात्रु राख्ने, झुन्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, बिनाहेलमेट हिँड्ने, नियमविपरीत सञ्चालित सवारीसाधन चालकलाई कारबाही गरिएको बताउनुभयो ।

सबैभन्दा धेरै ३५२ मोटरसाइकल कारबाहीमा परेका छन् । त्यस्तै २४२ ट्रक, १७७ कार जिप, ५३ बस, ३७ टयाक्टर र ३७ अन्य सवारीसाधन कारबाहीमा परेका हुन् । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुन्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारीसाधन चालाउने काम भइरहेकाले त्यसलाई कडाइका साथ जाँच गरिएको उहाँको भनाइ छ ।

यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना कारबाहीमा परेका छन् । क्षमताभन्दा बढी बोकेका ७९ सवारीलाई कारबाही गरिएको छ । यसबाट सात लाख १७ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक बन्जाराले बताउनुभयो । उहाँका अनुसार ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाराका साथ प्रहरीले अभियानलाई तीव्रता दिएको हो ।

दसैँतिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले जाँचलाई तीव्र पार्नुका साथै यस अवधिमा १६४ वटा जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रहरी निरीक्षक बन्जाराको भनाइ छ । भिडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी बढाउँदा सर्वसाधारण कम ठगिएको बन्जराको दाबी छ ।

यात्रुको गल्ती, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र खराब सडकले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा आराम कक्ष ९रिफ्रेस सेन्टर० को व्यवस्था गरेको छ । लामो दुरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com