ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षअघि पनि पक्राउ परेका थिए रवि


एबीसी न्यूज

काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको तयारी छ। पोखराको सूर्यदर्शन सहकारीमा सर्वसाधारणको बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गर्न लागेको हो।

उनी दोस्रो पटक पक्राउ पर्न लागेका हुन्।

 

पाँच वर्षअघि पनि उनलाई प्रहरीले पक्राउ गरेर १५ दिन थुनामा राखेको थियो।

त्यतिबेला न्युज २४ टेलिभिजनमा काम गर्ने नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने २०७६ साउन ३१ गते पक्राउ परेका थिए।

उनलाई त्यसबेला चितवन र काठमाडौँको संयुक्त प्रहरी टोलीले रविलाई न्युज २४ को कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

उनी चितवनमा १५ दिन थुनामा बसेर निस्किएका थिए।

त्यसपछि फेरि टेलिभिजनमै सिधा कुरा जनतासँग चलाइरहेका रविले २०७८ मा ग्यालेक्सी फोरके टेलिभिजनमा प्रबन्ध निर्देशक बन्दै समाचार कक्षको नेतृत्व गरे।

तर, सो टेलिभिजनमा रविलाई स्वीट सेयर दिइएको थियो।

तर, पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगेर अपचलन गरेको सहकारी छानविन संसदीय विशेष समितिले ठहर गर्दै रविलाई कारवाहीको सिफारिस गरेको थियो। संसदीय विशेष समितिको सिफारिस अनुसार प्रहरीले रविलाई पक्राउ गर्न लागेको हो।

२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर प्रतिनिधि सभाको चुनावमा होमिए।

पार्टी स्थापना गरेको ६ महिनामै उनको दलले ७ प्रत्यक्ष र १३ जना समानुपातिक सांसद जित्न सफल भएको थियो।

तर, गोरखा मिडिया नेटवर्कमा सर्वसाधारणको बचत रकम दुरुप्रयोगमा रविको पनि संलग्नता रहेको पाइएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com