ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट्स रिच प्लाज्माको माग बढ्यो


एबीसी न्यूज

काठमाडौं २ कात्तिक । डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले दसैँ तिहारले गर्दा पहिलाको तुलनामा रगत सङ्कलन र माग कम भएको बताउनुभयो ।

उहाँले अहिले डेंगु बढेकाले प्लेटलेट्स रिच प्लाज्माको भने माग बढेको जानकारी दिनुभयो । उहाँले प्लेटलेट्सको माग दिनानुदिन बढ्दै गए पनि नेपालीहरुको महान् चाड दसैँ, तिहारले मानिसहरु घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

निर्देशक गुप्ताले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको जानकारी समेत दिनुभयो । उहाँले पिआरपीका लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्छ, तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताउनुभयो ।

‘‘दसैँ तिहारले गर्दा पहिलाको तुलनामा रगत सङ्कलन कम देखिएको छ, तर प्लेटलेट्स प्रोडक्ट ९पिआरपी० र प्लेटलेट्स कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, डेंगुको सङ्क्रमण बढिरहेकाले प्लेटलेट्सको माग बढेको छ । हामीसँग प्लेटलेट्स बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो भएका कारणले गर्दा पिआरपीका लागि हामी सम्बोधन गरिरहेका छौँ ।यसको व्यवस्थापनका लागि प्रत्येक दिन रगत सङ्कलन हुनुपर्छ ।’’

उहाँले एक जना बिरामीका लागि सात वटासम्म पिआरपी माग हुने गरेको बताउनुभयो । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताउनुभयो ।

निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत सङ्कलन गर्नुपर्ने बताउनुभयो । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट उहाँले आह्वान गर्नुभयो ।

‘‘पिआरपी बनाउनका लागि हामीलाई ताजा रगत चाहिन्छ । रगत सङ्कलन भएको ६ देखि ८ घण्टाभित्र हामीले पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दसैँदेखि तिहारसम्म हाम्रो रक्तदाताको सङ्ख्या घट्दो छ । एक जना बिरामीका लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’’ उहाँले भन्नुभयो ।

निर्देशक गुप्ताले बढी रगत सङ्कलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताउनुभयो । उहाँले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गर्नुभयो । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com