ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायक–धुलिखेल सडक विस्तार : समयमै काम सकिने सम्भावना कम


एबीसी न्यूज

काठमाडौं २ कात्तिक । नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना कमजोर बन्दै गएको छ ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १५।५ किलोमिटर सडक छ लेन विस्तार गर्ने काम सुस्ताएपछि काम समयमै सकिने सम्भावना कम देखिएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि लक्ष्य अनुसार काम हुन सकेको छैन । सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा २६ प्रतिशत मात्रै प्रगति भएको छ ।

विसं २०७९ पुस २४ गते दुई खण्डमा बाँडेर तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडक विस्तारका लागि ७।५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँ र साँगा–धुलिखेल ८।४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

सडक आयोजनाका प्रवक्ता इन्जिनियर सजना अधिकारीले आयोजनाको भौतिक प्रगति २६ प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । आयोजनाले हालसम्म निर्माण कम्पनीलाई दुई अर्ब ६३ करोड रुपियाँ भुक्तानी गरिसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५।५ किमी सडक निर्माणको चरणमा भए पनि भौतिक प्रगति कम हुँदा समयमै काम सम्पन्न हुने सम्भावना कम देखिएको स्थानीयले गुनासो गरेका छन् ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक आयोजना समयमै सम्पन्न गर्न अधिकतम प्रयास गरिने बताउनुभयो । दुई लेनबाट छ लेन बनाउन विस्तार कार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्डमा दायाँबायाँ दुई सर्भिस लेन तथा २।५ मिटरको फुटपाथ निर्माण हुने आयोजनाले जनाएको छ । प्रवक्ता अधिकारीले सुरुको ठेक्का अवधिमा काम सम्पन्न गर्न कठिन भए पनि समयमै सम्पन्न गर्न प्रयास गर्ने जानकारी दिनुभयो ।

तथापि बनेपाको पुलबजारदेखि चण्डेश्वरी खोलासम्मको सडक निर्माण नै रोकिएपछि थप अन्योल भएको छ । बनेपा नगरपालिकाका जनप्रतिनिधिले समेत सडक विस्तार कार्यमा विरोध जनाएपछि केही महिनायता काम रोकिएको छ ।

इन्जिनियर अधिकारीका अनुसार स्थानीयले सडकको र पुण्यमाता खोलाको पुलको उचाइ घटाउन माग राख्दै निर्माणमा अवरोध सिर्जना गरेपछि सडक निर्माणको कार्य रोकिएको जानकारी दिनुभयो । त्यसको जानकारी आयोजनाले सरकारलाई गराइसकेको पनि अधिकारीले उल्लेख गर्नुभयो । त्यसका लागि सरोकारवाला निकायसँग वार्ता तथा संवादलाई समेत आयोजनाले निरन्तरता दिइरहेको छ । सो सडकको केही भागमा जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो ।

बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएपछि पहिलाकै ठाउँबाट सडक बनाउने कार्य अघि बढाउने गरी अघि बढेको आयोजना प्रमुख दासले बताउनुभयो । चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले दाबी गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको थियो । जग्गाधनीले प्रतिआना जग्गाको मूल्य ६५ लाख रुपियाँ मागेपछि थप अन्योल भएको छ । प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नति भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको थियो ।

जिल्ला मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपियाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रतिआना १० लाख ६६ हजार रुपियाँ कायम भएको छ । सरकारी मूल्याङ्कन अनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेपछि मोड सुधार हुने सम्भावना कम भएको छ ।

साँगा–धुलिखेल सडकखण्ड अन्तर्गत ८।४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा समेत समस्या देखिएको छ । पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा व्यवस्थित एवं स्थानान्तरणमा समस्या भएको आयोजनाले सार्वजनिक सुनुवाइमा जानकारी गराएको हो ।

काभ्रे खण्डमा बनेपा भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीका हुन् । सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक रूपमा बनाउन स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालेको छ ।

आयोजना प्रमुख दासले उक्त सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीय स्तरमा छलफल थालेको बताउनुभयो । साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल गरेको छ ।

न्यातपोल मन्दिर भक्तपुरसँग प्रत्यक्ष सम्बन्ध रहेको नासिका मन्दिरको कम्पाउन्ड पर्खाल संरक्षण गर्न स्थानीयको माग छ । त्यस विषयमा कुनै पनि निर्णय हुन सकेको छैन । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले सोही स्थानमा संरक्षणबाहेकको कुनै पनि विकल्प नभएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com