ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा दुर्घटना गराएर भागेका चालक कुपण्डोलबाट पक्राउ, घाइतेको मृत्यु


एबीसी न्यूज

काठमाडौं ३० असोज ।   काठमाडौँको तीनकुनेमा तीन दिन अघि दुर्घटना गराएर फरार भएका चालकलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ।

मोरङको विराटनगर घर भई हाल ललितपुर महानगरपािलका १ कुपण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए। बिष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा पु¥याएका थिए। तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ।

घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो। घाइतेको मृत्युपछि काठमाडौं प्रहरी परिसर र प्रहरी बृत्त बानेश्वरको टोलीले सीसीटीभी फुटेजको सहयोगमा बिष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडी बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com