ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङले सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार निर्माण गर्ने


एबीसी न्यूज
आश्विन ३०, २०८१ बुधबार  १ : १९ बजे

काठमाडौं ३० असोज । हङकङलाई सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार बनाउने प्रमुख कार्यकारी जोन लीले घोषणा गरेका छन्।

बुधबार नीति सम्बोधनमा बोल्ने क्रममा लीले एसएआरले सहरको सुरक्षा र स्थायित्वको ख्याल गर्दै सुनको अन्तर्राष्ट्रिय व्यापारिक बजार निर्माण गर्ने बताएका हुन्।

मात्राको आधारमा हङकङ सुनको लागि विश्वको ठूलो आयात तथा निर्यात बजारमा पर्ने बताउँदै प्रमुख लीले बढ्दो जटिल भूराजनीतिको बीचमा सुनको भण्डारण, थप व्यापार तथा डेलिभरी गतिविधिलाई चलायमान बनाउँदै सहरलाई सुनको व्यापारिक केन्द्र बनाउने घोषणा गरेका हुन्।

यसले लेनदेन, बीमा, भण्डारण, व्यापार तथा रसद सेवाका उद्योगको विकासलाई समेत प्रोत्साहित गर्ने उनले बताए।

यसका साथै, सरकारले विश्वस्तरीय सुन भण्डारण सुविधाको विकास, हङकङका प्रयोगकर्ता तथा लगानीकर्तालाई स्पट सुनको भण्डारण तथा वितरणमा सहजीकरण, धितो र ऋण व्यवसाय जस्ता सम्बन्धित सेवाको मागमा बढोत्तरी एवं वित्तीय क्षेत्रमा विकासका नयाँ क्षेत्र खोल्ने पनि लीले बताए।

उनका अनुसार यसका लागि वित्तीय सेवा तथा ट्रेजरी ब्युरो ९एफएसटीबी०ले अन्तर्राष्ट्रिय सुन व्यापार कन्द्रको स्थापनालाई अगाडि बढाउन कार्यदल गठन गर्नेछ।

यसमा अन्य चिजहरू जस्तै, व्यापारिक संयन्त्र र नियामक ढाँचालाई सुदृढ, अत्याधुनिक वित्तीय प्रविधिको प्रयोगलाई प्रवद्र्धन र मुख्यभूमिका अधिकारीसँग आपसी बजार पहुँचमा सुनसम्बन्धी उत्पादनहरू समावेश जस्ता कार्यक्रम समावेश हुनेछन्। ९द स्ट्यान्डर्ड०

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com