ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी जाँचबुझ आयोगबाट कारबाही सिफारिस भएका थापा आईजीपीबाट सम्मानित


एबीसी न्यूज

काठमाडौं ३० असोज ।  सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी अधिकारी सम्मानित भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरले मंगलबार प्रहरी दिवसको अवसरमा सम्मान गरेका हुन् ।

कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए ।

थापासँगै प्रहरी नायब उपरीक्षक डीएसपी० ईश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई० ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक ९सई० जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक असई० सुवास यादव पनि उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन् ।

प्रहरी दिवसका अवसरमा आईजीपी कुँवरले अन्य प्रहरी अधिकृतहरुलाई पनि विभिन्न विधातर्फ पुरस्कृत गरेका छन् ।

उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ डीएसपी यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ डीएसपी पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ वरिष्ठ सई विजय महत सम्मानित भएका छन् ।

आईजीपी कुँवरले अवकाश पश्चात आफ्नो अनुभवसहित रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न भूमिका खेलेको भन्दै पूर्वएसपी चिन्तबहादुर बस्नेतलाई समेत कदर–पत्र प्रदान गरे ।

उनले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन पुलिस व्याटन० २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीआईजी रविन्द्र केसीलाई पुरस्कृत गरे ।

उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुबेर खापुङलाई पुरस्कृत गरे ।

कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन ९पुलिस व्याटन० २०८१ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका एसएसपी अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका एसपी अपिलराज बोहरा पुरस्कृत भएका छन् ।

काठमाडौं उपत्यका विशेष सुरक्षा गणका एसपी सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका एसपी अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डीएसपी धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे समेत पुरस्कृत भएका छन् ।

नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका इन्स्पेक्टर नवीन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका वरिष्ठ सई टेक बहादुर चन्द पनि सम्मानित भए ।

त्यस्तै, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका सई जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका असई गोबिन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई पनि प्रहरी महानिरीक्षक कुँवरले सम्मान पत्र प्रदान गरे ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्की पनि सम्मानित भए ।

उत्कृष्ट विपद व्यवस्थापनको कार्य गरेको भन्दै प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा सम्माननित भए ।

त्यस्तै, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्ट सम्मानपत्र तथा नगद पुरस्कारसहित सम्मानित भए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गरे ।

साथै उनले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्ने काठमाडौं टोखाका घनबहादुर थापालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

त्यस्तै, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका ईश्वर केसी, शुसीला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

उनले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com