ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगतको माग उच्च : मागअनुसार रगत सङ्कलन हुन नसक्दा समस्या


एबीसी न्यूज

काठमाडौं २९ असोज । मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।

तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल ९ब्लोदान० का अध्यक्ष राजेश श्रेष्ठले उज्यालोलाई बताउनुभयो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डौले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाण्डौ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताउनुभयो । दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले बल्लतल्ल एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ ।

गएको असोज १०, ११ र १२ गते देशभर परेको ठूलो वर्षा र लगत्तै दशैँ पर्व परेकाले रगतको सङ्कलन केही घटेको हो । दशैँका बेला हप्तामा मुश्किलले चार सय युनिट मात्र रगत सङ्कलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेङ्गी र प्राकृतिक विपद्का कारण माग बढेका बेला रगत कम सङ्कलन भएकाले माग धान्नै नसकिने अवस्था आएको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा। पवन गुप्ताले उज्यालोलाई बताउनुभयो ।

रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुबानका कारण आफ्ना नियमित क्याम्प पनि सञ्चालन गर्न सकेको थिएन । त्यसमाथि चाडपर्वको बेला विगतमा पनि रगतको अभाव हुने गरेकोमा यसपालि अलि धेरै समस्या भएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरका अस्पतालमा उपचाररत रगत चाहिने बिरामीका आफन्तलाई रगत जुटाउन निकै समस्या भएको छ । अहिले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम भइरहेकाले केही दिनमा नै रगत सहज हुने निर्देशक गुप्ता बताउनुहुन्छ । उहाँले रक्तदान गर्न मिल्ने सबै नागरिकलाई रक्तदान गर्न पनि आग्रह गर्नुभएको छ ।

डा। गुप्ताका अनुसार डेङ्गीका बिरामीलाई ताजा रगत चाहिन्छ । अन्य शल्यक्रिया, सुत्केरीलगायतका बिरामीलाई चाहिने रगतको भने अभाव नरहेको केन्द्रीय रक्त सञ्चार सेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com