ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र क्यानडाको विवाद बढ्यो, क्यानडाबाट उच्चायुक्तसहित कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय


एबीसी न्यूज
आश्विन २९, २०८१ मंगलबार  १० : ५६ बजे

काठमाडौं २९ असोज । भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । क्यानडामा सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएका बेला भारतले उच्चायुक्त वर्मा र अन्य ६ जना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसका लागि भारतले दिल्लीमा रहेको क्यानडाको उच्चायोगलाई पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच, भारतले ६ जना क्यानडाका कूटनीतिज्ञ पनि निष्कासन गरेको छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ तारिखको राति १२ बज्नु अघि भारत छोड्न भनेको छ ।

सिख नेता निज्जरको गएको वर्ष क्यानडामा गोली हानी हत्या भएको थियो । उहाँको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको सम्बन्ध तनावपूर्ण हुँदै गएको हो । भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।

क्यानडनले निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको आरोपसहित छानबिन गरिरहेको बताएको छ । यसअघि भारतले निज्जरलाई आतङ्कवादी भन्दै आएको थियो । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com