ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी लगानीका संरचना सञ्चालनमा समस्या- मुख्यमन्त्री शाह


एबीसी न्यूज

काठमाडौं २८ असोज । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताउनुभएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले घोडाघोडीमा बन्दै गरेको धर्मशालाको निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा धर्मशाला निर्माणाधीन अवस्थामा छ ।

राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैँगरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ । मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यति हुन नसकेको बताउनुभयो । प्रदेश सरकारले २०७८ सालमा चरा अभय आरण्य क्षेत्र घोषणा गरेर यहाँको सिमसार संरक्षणसँगै पर्यटकीय विकास गर्ने लक्ष्य लिएको मुख्यमन्त्री शाहले बताउनुभयो ।

धर्मशाला निर्माणका सन्दर्भमा उहाँले भन्नुभयो “ सरकारले निर्माण गरेका धेरै भौतिक संरचना सञ्चालनमा समस्या देखिएको छ । शीतभण्डार, हाटबजार, सहकारी लगायतका संरचना निर्माणमा सरकारको सहयोग छ । तर सञ्चालनका लागि आवश्यक कर्मचारीलगायत जनशक्ति परिचालन नहुँदा समस्या देखिएको छ ।”

सरकारले निर्माणमा सहयोग गरे पनि कर्मचारी व्यवस्थापनमा सहयोग नगर्ने भएकाले त्यसको व्यवस्थापन सञ्चालक स्वयमले गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ । घोडाघोडी घुम्न र दर्शन गर्न आउनेहरुलाई सर्वसुलभ रुपमा बास बस्नका लागि दुई बर्ष अगाडि स्थानीयको पहलमा धर्मशाला निर्माण शुरु गरिएको समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताउनुभयो । व्यक्तिगत आएको सहयोगले पाँचकोठे भवनको तला थप्न सहयोग मिलेको बताइएको छ । उहाँले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई घोडाघोडीमा धर्मशालाको आवश्यक रहेको जनाउँदै सहयोगका लागि आग्रह गरेको सुनाउनुभयो ।

धर्मशालाको डिपीआर अनुसार राष्ट्रिय योजना आयोगले छुट्याएको बजेटले बन्दै गरेको भवन बाहेक अन्य निर्माणका कार्यमा रकम अपुग हुने भएपछि थप निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यूरेले बताउनुभयो ।

धर्मशाला निरिक्षण कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत, वडाअध्यक्षहरु, घनश्याम ओझा, लोकबहादुर चन्द, भरतबहादुर शाही, टेलीभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालन कृष्ण कँडेललगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com