ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाताकाे अपमान हाे- एमाले नेतृ पाण्डे


एबीसी न्यूज

काठमाडौं २८ असोज ।   नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनुले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउनुभएको छ ।

पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गर्नुभएको छ ।

व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गर्नुभएको छ ।

‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’ पाण्डेले लेख्नुभएको छ ।

मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्ने विन्दा पाण्डेको माग छ । विवादमा परेका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा पार्टी मुख्यालय बनाउने कार्यप्रति एमालेका अरु नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।

भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले काठमाण्डौको कीर्तिपुरमा १० रोपनी भन्दा धेरै जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले केही दिनअघि भवनको शिलान्यास समेत गरिसक्नुभएको छ ।

मीनबहादुर गुरुङले आउँदो वर्षको घटस्थापनाको दिनसम्म भव्य भवन तयार पारेर एमालेलाई दिने वाचा गरिसक्नुभएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परेको बेला एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले गुरुङको बचाउ गर्नुभएको थियो ।

कतिपयले मीनबहादुर गुरुङले करोडौँ रुपैया खर्चेर एमालेको मुख्यालय बनाइदिन लागेको विषयलाई बालुवाटार जग्गा प्रकरणसँग पनि जोडेर चर्चा गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com