ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हुलाक सेवाको विकासमा सरकार अग्रसर छ’


एबीसी न्यूज

काठमाडौं २३ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको र यसको विकासका लागि सरकार अग्रसर रहेको बताउनुभएको छ । १५० औं विश्व हुलाक दिवसको अवसरमा आज भिडियो सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको उहाँले बताउनुभयो । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले हुलाक सेवालाई थप सूचना प्रविधिमैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण वृद्धि गरिनुपर्छ, भन्नुभयो ।

उहाँले भन्नुभयो, “हुलाक सेवालाई अझ सदृढ बनाउन मन्त्रालयले साथ दिनेछ । यसका लागि हुलाक विभागका कर्मचारीलाई थप सिर्जनशील भएर सेवा प्रदान गर्न म आग्रह गर्दछु ।” नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा विभागले हुलाक टिकट प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनीमा नेपाललगायत विश्वभरका हुलाक टिकट राखिएका छन् ।

सो अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा विंस १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको बताउनुभयो ।

हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटा, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईं लगायतले हुलाक सेवाको विगत, वर्तमान र भविष्यबारे धारणा व्यक्त गर्नुभएको थियो । एकदिने प्रदर्शनीमा मिलनचन्द्र जोशी, मन्दिरा प्रधानाङ्ग, रिदिमा शाक्य, दिनेशराज मास्के, दीपेन्द्ररत्न शाक्य, किशोर शर्मालगायतले टिकट सङ्कलन गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com