ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले हान्यो इजरायलमा रकेट, तेल अभिभमा २ इजरायली महिला घाइते


एबीसी न्यूज
आश्विन २२, २०८१ मंगलबार  ३ : ०४ बजे

काठमाडौं २२ असोज । गत वर्ष इजरायलमा भएको आक्रमणको वार्षिकोत्सवमा हमासले सोमबार ९अक्टोबर ७ तारिख० इजरायलमा रकेट प्रहार गरेको छ।

तेल अभिभमा गरिएको रकेट आक्रमणमा दुई इजरायली नागरिक घाइते भएका छन्। दुवै महिला हुन्।

इजरायली रक्षा बल ९आईडीएफ० ले गाजाको खान युनिसबाट तेल अभिभमा पाँचवटा रकेट प्रहार गरेको जनाएको छ।

 

यसबाहेक दक्षिणी गाजाबाट चार रकेट प्रहार गरिएको र तीमध्ये तीनवटालाई रोकिएको बीबीसीले जनाएको छ।

इजरायली सेनाले लेबनान र गाजामा हिजबुल्लाह र हमासको स्थानमा आक्रमण गरिरहेको बताएको छ।

यसैबीच, अक्टोबर ७ को वार्षिकोत्सवमा हिजबुल्लाहले उत्तरी इजरायलमा मिसाइल प्रहार गरेको छ। जसमा परी १० जना घाइते भएका छन्।

इजरायली सेनाले आक्रमणपछि उत्तरी गाजाका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

एक दिन अघि आइतबार गाजाको मस्जिद र विद्यालयमा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

गत वर्ष अक्टोबर ७ मा हमास र इजरायलबीच युद्ध सुरु भएको आज सोमबार एक वर्ष पूरा भएको छ। जवाफमा इजरायलले गाजामा त्यसयता सैन्य कारबाही गरिरहेको छ।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा १२ सय मानिसको मृत्यु भएको थियो भने गाजापट्टीमा २५१ जनालाई बन्धक बनाइएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाहीमा हालसम्म ४२,००० मानिसले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश बालबालिका र महिला छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com