ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालकको मृत्यु


एबीसी न्यूज

काठमाडौं २१ असोज । दुई साताअघि झापामा दुर्गा प्रसाईँ समर्थको आगजनीमा परेका एकजना भारतीय युवकको मृत्यु भएको छ। डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए। उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ।

पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com