ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई क्लिन चिट दिन अदालत तयार छैन, मलाई प्रहरीले निर्दोष भनेको थियो- प्रचण्ड


एबीसी न्यूज

काठमाडौं २० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेलाई क्लिन चिट दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको बताएका छन्।

आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूले क्लिन चिट दिने काम नगरेको पनि ठोकुवा गरे।

‘मैले के सुनेको छु भने अदालतले नै क्लिन चिट दिन तयार भएको छैन। यस्तो आधार छैन भनेर अदालतले भन्यो, पोखराकै अदालतले पनि भन्ने मैले सुनेको छु,’ प्रचण्डले भने।

 

सााथै, उनले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले पनि सहकारी ठगीमा रवि लामिछानेलाई कहिँ कतै आरोपित नगरेको बताए।

‘तर, कार्यदलले सहकारी ठगीमा आरोपित गरेको अहिले पनि छैन। गोरखा मिडिया नेटवर्कसँग सम्बन्धितमा केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होइन, रोकेको पनि छैन,’ अध्यक्ष प्रचण्डले भने।

आफू प्रधानमन्त्री हुँदा राज्यका तीनवटै सुरक्षा निकाय र सम्बन्धित पोखरा प्रहरीले पनि अहिले तत्काल रवि संलग्न नभएको कुरा आफूलाई ब्रिफिङ गरेको र सोही अनुसार संसद्मा जवाफ दिएको प्रचण्डले बताए।

‘मैले रवि लामिछानेलाई गलत ढंगले क्लिनचिट दिने काम गरेको छैन। यो भ्रम हो। जतिबेला म प्रधानमन्त्री थिएँ, प्रधानमन्त्रीको हैसियतले अनुसन्धान गर्ने सबै निकायसँग सोधेको थिएँ, रविको बारेमा साँच्चै केही प्रमाण छ तरु,’ अध्यक्ष प्रचण्डले अघि भने, ‘तपाईंहरूसँग छ भने भन्नुप¥यो। भोलि मैले प्रधानमन्त्रीको हैसियतले पार्लियामेन्टमा जवाफ दिँदैछु रवि लामिछानेबारे, केही छ भने यहाँ यति चाहिँ कैफियत छ भन्नुप¥यो छ भने, छैन भने छैन भन्नुप¥यो। यति भनेपछि मैले तीनवटै सुुरक्षा निकायसँग सोध्दा पनि अहिले केही छैन, अनि पोखरामा सोध्दा पनि अहिले केही छैन भनेपछि जे छैन भनेको छ मैले छ भनेर भन्न त मिल्दैन। मैले त्यही कुरा भनेको हो।’

प्रचण्डले रविलाई पक्राउ गर्ने वा नगर्नेबारे आफूमा भर नपर्ने पनि जिकि गरे।

‘मैले भनेर पक्रने र नपक्रने होइन। सरकार र सम्बन्धित निकाय छ। अहिले छानबिन समिति जुन छ, त्यो बनाउनुपर्छ भन्ने म र रवि लामिछाने दुवै हो। बनाउन हुँदैन भन्ने चाहिँ केपी ओलीजी हो,’ प्रचण्डले भने, ‘समिति बनाउन हुँदैन भनेर उहाँले भन्नुभएको थियो। अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। कारबाही गर्ने हदसम्म कसैले रोकेको छैन, केही छ भने।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com