ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वको मौका छोपी बढी भाडा लिनेलाई कारबाही


एबीसी न्यूज

काठमाडौ २० असोज ।  चाडपर्वको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने यातायातका साधनहरूलाई पृथ्वी राजमार्ग क्षेत्रमा कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले पृथ्वी राजमार्गमा छड्के जाँच बढी भाडा असुल्ने दर्जनौँ गाडीलाई कारबाही गरेका हुन् ।

शुक्रवार साँझ मात्र ३७ वटा सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ । काठमाडौँबाट धादिङ आउजाउ गर्ने बागमती प्रदेश ०३–००१ज–०७२६ नम्बरको विद्युतीय माइक्रो बसलाई बढी भाडा लिएको पाइएपछि ५ हजार जरिवाना गरेको, बागमती प्रदेश ०३–००१ज ०८१० नम्बरको विद्युतीय द गाडी सरसफाइ नभएको र बढी भाडा लिएको पाइएपछि ५ हजार जरिवाना गरेको छ,बागमती प्रदेश ०३–००१ ज–०६३५ नम्बरको विद्युतीय माइक्रो बसलाई गाडी सरसफाइ नभएको र बढी भाडा लिएको, गाडीमा डसबिन नभएको पाइएपछि ५ हजार जरिवाना गरेको छ । त्यसै गरी बागमती प्रदेश ३–०३–००१ख–०१३८ नम्बरको धनगढीको बसलाई भाडा दर गाडीमा नटासेको,सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ५ हजार जरिवाना गरेको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेको अवस्थामा ग १ ख ५३९५ पृथ्वी प्रा लि को माइक्रो बसलाई ५ हजार जरिवाना गरेको छ ।

चाडपर्वको समयमा सवारीसाधनहरूले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बिच बाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

यात्रुहरूलाई जोखिम हुनेगरि मानिस बोक्ने, नियम उल्लङ्घन गर्ने र कानुनले गर्न हुँदैन भनेको विषय सवारी सञ्चालन गर्ने बुलेरो लगायतका ३२ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरीका विभिन्न पोस्टहरूले कारबाही गरेको छ ।

छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति समेत नभएका सवारी साधनले क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले दुई दिनमा ३२ वटा सवारीलाई जरिवानासहित कारबाही गरेको हो ।

ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप धेरै छन् । जिल्लाको ज्वालामुखी, त्रिपुरा सुन्दरी, नेत्रावतीलगायतका गाउँपालिकाको विभिन्न बस्तीहरूबाट छतमा समेत यात्रु ओसार पसार गर्ने पाँच वटा बोलेरो जिप जरिवानामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

चाडपर्वको बेलामा हुन सक्ने सम्भावित दुर्घटना हुन नदिन र यात्रु ठगिनबाट जोगाउन ट्राफिक प्रहरीले सवारी साधनहरूको चेकजाँचलाई कडाइ गरेको छ ।

सदरमुकाम धादिङ बेसी र राजमार्ग क्षेत्रका बजारहरूबाट जिल्लाका विभिन्न ग्रामीण बस्तीहरूमा यात्रु लिएर जाँदै गर्दा छड्के चेकजाँच गरी नियम विपरीत सञ्चालित सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

बर्सातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठुला यात्रुवाहक बस पुग्न नसक्ने कारण देखाउँदै बोलेरो जिपहरूले क्षमता भन्दा बढी यात्रु बोक्नुका साथै जबरजस्ती बढी भाडा लिने गरेको पाइएको छ । धादिङबेसीबाट सल्यानटारसम्म ३० किलोमिटर पिच सडकमा समेत ६ सय रुपैयाँ भाडा लिएको गुनासो यात्रुले ट्राफिक प्रहरीसमक्ष गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने सवारीहरूलाई लक्षित गरी धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र शाही आफै फिल्डमा खटिनुभएको छ ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवत जावत गर्ने सवारीहरूको छड्के चेकजाँच गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । पृथ्वी राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्दा र काठमाडौँबाट बाहिरिँदा नौबिसे नागढुंगा सडकमा पहिरोको जोखिम रहेको र वैकल्पिक सडक प्रयोग गर्नु परेको भन्दै बस तथा माइक्रोहरूले यात्रुहरिहरूसँग बढी भाडा असुल्ने गतिविधि नियन्त्रण गर्न पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको विभिन्न ठाउँमा चेकपोस्ट राखेर छड्के चेकजाँच गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com