ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् र चाड सँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे


एबीसी न्यूज

काठमाडौं १८ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक सङ्घको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, विपद् र महान् चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं । मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनुभयो ।

उहाँले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढीकरण गर्ने उद्घोष गर्नुभयो । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका सङ्घ, संस्थाहरुले सत्यतथ्य कुरा मात्रै पस्कनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित छ भन्ने सन्देश दिन अनुरोध गर्नुभएको छ ।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीसँग छलफल गर्नुभएको छ । साथै उहाँले त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com