ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरु प्रमुख मतदानमा पार्टी लाइनबाट बाहिर जानसक्ने पाकिस्तानी सर्वोच्च अदालतको फैसला


एबीसी न्यूज

काठमाडौं १८ असोज । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरुले प्रमुख मुद्दाहरुमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ ।

गत फेब्रुअरीमा भएको निर्वाचन धाँधलीले प्रभावित भएको थियो र यसबाट प्रधानमन्त्री शहबाज शरिफलाई फाइदा पुगेको थियो । अस्थिर गठबन्धन सरकारका प्रमुख शरिफसँग संविधान परिवर्तन गर्न आवश्यक दुई(तिहाई बहुमतको अभाव छ ।

उहाँले कथितरुपमा कार्यपालिकालाई न्यायपालिकामाथि अधिक शक्ति दिने योजना बनाइरहनुभएको छ । न्यायपालिकामा जेलमा रहनुभएका विपक्षी नेता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलिरहेका छन् । बिहीबारको फैसलाले शरिफको सरकारलाई व्यक्तिगत सांसदहरुको मत माग्न र खानको पाकिस्तान तहरिक(ए(इन्साफ ९पिटिआई० पार्टीप्रति वफादार सांसदहरुलाई समर्थनका लागि दबाब दिन अनुमति दिनेछ ।

“यसले संवैधानिक संशोधनका लागि उनीहरुको बाटो खोलिदिएको छ, यो शासक दलले पिटिआईलाई कमजोर पार्न पनि प्रयोग गरिरहेको छ”, राजनीतिक विश्लेषक जाहिद हुसेनले भन्नुभयो । सन् २०२२ को सर्वोच्च अदालतको एउटा फैसलामा पार्टी लाइन पार गरेका सांसदहरुको मत संवैधानिक संशोधन, अविश्वासको मत र प्रधानमन्त्रीको निर्वाचनजस्ता प्रमुख मतगणनामा गणना नगरिने उल्लेख छ ।

यद्यपि बिहीबारको फैसलाले त्यो फैसलालाई ‘सर्वसम्मति’ ले फिर्ता लिएको छ । प्रधानन्यायाधीश काजी फाएज इसाले अदालतमा विस्तृत फैसला पछि जारी गरिने बताउनुभयो । विपक्षी दलहरुले शरिफको सरकारले प्रस्ताव गरेको संशोधनले संविधानमााथि निर्णय गर्न नयाँ अदालत सिर्जना गर्ने र त्यसको प्रमुख न्यायाधीश प्रधानमन्त्रीले छान्ने बताएका छन् ।

सर्वोच्च अदालत र अन्य पाकिस्तानी न्यायाधिकरण नयाँ अदालतको फैसलाको अधीनमा रहने छन् । पिटिआईका वकिल अली जाफरले भन्नुभयो, “यो संवैधानिक संशोधनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्र र संविधान आफैँलाई पनि कमजोर बनाउनेछ ।” खानलाई फेब्रुअरीको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र उहाँका अनुसार राजनीतिकरुपमा प्रेरित भएको आरोप लगाइएका मुद्दाहरुमा उहाँ जेलमा हुनुहुन्छ ।

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानप्रति वफादार उम्मेदवारहरु उक्त निर्वाचनपछि संसद्मा सबैभन्दा ठूलो समूह बने तर शासन गर्न आवश्यक बहुमत पुर्याउन असफल भए । शरिफको पाकिस्तान मुस्लिम लिग नवाज ९पिएमएल(नवाज० पार्टीले शक्तिशाली सैन्य प्रतिष्ठानको नजिक मानिने अन्य दलहरुसँग सरकार बनाउन सम्झौता गर्यो ।

यद्यपि नियमित सडक प्रदर्शन गर्दै र संसद्मा सरकारलाई चुनौती दिँदै पिटिआई एउटा सक्रिय विपक्षी शक्ति रहेको छ । खानले आफूविरुद्धका धेरै भ्रष्टाचारको आरोपमा मुद्दाहरु विभिन्न अदालतहरुमा नचाएको देख्नुभएको छ । एकहत्तर वर्षीय खान एक वर्षभन्दा बढी समयदेखि जेलमा हुनुहुन्छ । पिटिआईले शुक्रबार राजधानी इस्लामाबादमा नयाँ विरोध प्रदर्शनको आह्वान गरेको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com