ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध नियन्त्रण गर्न सचेतना आवश्यक : मन्त्री तिवारी


एबीसी न्यूज

काठमाडौं १७ असोज । मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामुलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रणसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लागुऔधषको सेवनमा युवा वर्गको बढी सहभागिता देखिएकाले विद्यालयमै विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने असर र नोक्सानीबारेमा ज्ञान प्राप्त भएमा तिनीहरुले लागुऔषध सेवनवाट डराउने बताउनुभयो ।

लागुऔषधको सेवनकर्ता अपराधि नभइ रोगी भएको भन्दै समयमै उपचार भएमा धेरैजसो सेवनकर्ताको जीवनमा आमुल परिवर्तन भएको बताउनुभयो । उहाँले कंक्रिटको विकास गरेर मात्र सामाजिक विकास हुन नसक्ने भएकाले समाज परिवर्तनका लागि सामाजिक विकासमा जनप्रतिनिधिले बजेट विनयोजन गर्नुपर्ने धारणा राख्नुभयो ।

लागुऔषध नियन्त्रणका लागि प्रदेश र स्थानीयतहले एक अर्कासँग समन्वय गरी वृहत अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले दुबै देशका सुरक्षा अधिकारीको सिमासुरक्षा बैठकमा यस विषयलाई गम्भीरताका साथ उठान गरी भारतीय सिमाक्षेत्रका औषधी पसलमा नेपाली युवालाई सहजरुपमा दिदैआएको लागुऔषधको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत यस विषयमा गम्भीर भइ रोक्न आग्रह गर्न सुरक्षा प्रमुखलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले युवाहरु कुलतमा फसिरहेको अवस्थालाई सुधार गर्न हामी सबै गम्भीर हुनु पर्नेमा जोड दिँदै लागुऔषधको असर बारेमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले प्रत्येक पालिकाले आफनो पालिकाभित्रको विद्यालयमा लागुऔषधको सेवनबाट हुने असरको विषयमा पाठयक्रम निर्माण गरी विद्यार्थीलाई जानकार बनाउन सकिने बताउनुभयो ।

लागुऔषधको ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासन गम्भीर भएर कामकाज गर्दैआएको र अहिले यसप्रकारको गतिविधिमा कमी आएको बताउनुभयो । कार्यक्रममा धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले लागुऔषधको सेवनबाट हुने नोक्सानी र यसको नियन्त्रणका लागि प्रहरीबाट भएको कामकाजको विषयमा प्रस्तुती गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com