ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्रीको गुनासो- आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन्


एबीसी न्यूज

काठमाडौं १५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरूको कमी रहेको गुनासो गरेका छन्।

मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० को ध्यानाकर्षण पत्र बुझेपछि बोल्दै क्रममा उनले यस्तो गुनासो राखेका हुन्।

नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरूको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए।

 

ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरू रहेको र सबै सञ्चालन गर्न विमानहरूको अभाव रहेको बताए।

‘फ्लाइटहरूको सन्दर्भमा पनि हामीले सत्य बुझिराख्नुपर्छ। नेपालमा अहिले ५२ वटा एयरपोर्टहरू छन्। ५२ वटा एयरपोर्टमा सबै एयरपोर्ट सञ्चालन होस् भन्ने सबैको चाहना छ। तर प्लेनहरू हामीसँग छैनन्। डोमेस्टिक ट्विनएटरहरू जम्मा ९÷१० वटा मात्रै छन्। त्यसले भ्याउने अवस्था छैन,’ उनले भने, ‘नेपाल एयरलाइन्सको त एउटा ट्विनएटर छ। मुख्य एयरक्राफ्टहरूकै कमी ठूलो समस्याको रुपमा छ। त्यसलाई समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्नेरु निजी क्षेत्रलाई पनि थप प्लेन ल्याउनुस् भन्न प्रोत्साहन गर्नुपर्ने स्थिति छ। निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर व्यवसाय नै नचल्ने अवस्था बनाए व्यवसाय छोड्ने अवस्था हुन्छ।’

आन्तरिक ट्विनएटर विमानहरू ९÷१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताउँदै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको पनि प्रष्ट पारे।

७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी गराए।

‘७ वटा प्रदेशले सात वटा ट्विनएटर किन्नेकुराको लिड गर्नुपर्ने प्रश्ताव मैले गरेको छ। तिनीहरूलाई सम्बन्धित ठाउँमा राखेर प्रदेशका पहाडी जिल्लामा चल्छन्। निजी क्षेत्रलाई गाली गरेर मात्रै हुँदैन, प्रोत्साहन पनि गर्नुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘लगानी गर, यो क्षेत्र सुरक्षित छ भनेर प्रोत्साहन गर भन्नुपर्ने छ । प्लेन नै छैन, जसरी पनि उडाइदिनुस् भनेपछि स्वभाविक रुपमा बार्गेनिङ बढ्ने भयो। आवश्यक हलिकप्टर नै छैनन्।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com