ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसँग सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिकासँग बल्ल भयो परामर्श संयन्त्र बनाउने समझदारी


एबीसी न्यूज

काठमाडौं १५ असोज । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।

सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका हुन्।

 

अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक भए पनि द्वीपक्षीय परामर्श संयन्त्र भने निकै ढिला गरी स्थापना गर्ने समझदारी भएको हो।

अमेरिका र नेपालबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना पहिलो देश भने बेलायत हो। बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

अरु थुप्रै मुलुकसँग नेपालले परामर्श संयन्त्र बनाइसकेको भए पनि अमेरिकासँग भने कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षपछि मात्रै त्यस्तो समझदारी भयो।

के काम गर्छ संयन्त्रले?
परराष्ट्रमन्त्री डा राणाले संयन्त्र बनाउने सहमतिलाई ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि’ भएको बताएकी छिन्।

द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यो संयन्त्रबाट सहयोग पुग्ने उनको विश्वास छ।

प्रायः यस्तो संयन्त्रको नेतृत्व परराष्ट्र सचिवले गर्ने गरेका छन्। भारतसँग भने विदेशमन्त्रीस्तरीय संयुक्त आयोग पनि क्रियाशील छ। संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरेर दुवै देशमा बस्ने गर्छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयन्त्र स्थापना गर्ने समझदारीले नेपालको परराष्ट्र मन्त्रालयका र अमेरिकी विदेश मन्त्रालयका अधिकारीबीच आवधिकरुपमा छलफल गर्ने बाटो खुलेको छ।

संयन्त्रमार्फत दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग र समन्वय गर्नेबारे नियमित छलफल भएर टुंग्याउन सजिलो हुने बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com