ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सेनाले भन्यो : भारतसँग सीमाबाट सेना फिर्ता गर्ने थप सहमति भयो


एबीसी न्यूज

काठमाडौं ११ असोज । चीन र भारतबीच विवादित सीमा क्षेत्रबाट सेना अझै हटाउने सहमति भएको बेइजिङले बताएको छ। यसलाई दुई आणविक शक्तिसम्पन्न छिमेकीबीचको तनाव अझ कम भएको संकेत मानिएको छ।

बिहीबार पत्रकार सम्मेलनमा यससम्बन्धी प्रश्नमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भने, ‘दुई पक्षले विमति अझ घटाएका छन् भने सहमति बढाएका छन्।’

‘चिनियाँ र भारतीय अधिकारीहरूले कूटनीतिक र सैन्य च्यानलमार्फत निकट संवाद र विचारको आदानप्रदान जारी राखेका छन्,’ प्रवक्ता चाङ स्याओकाङले भने, ‘संवाद र परामर्शलाई अझ अघि बढाउन, एकअर्काको वैध चासोलाई सम्बोधन गर्न र सकेसम्म चाँडो दुवै पक्षलाई स्वीकार हुने समाधानमा पुग्दा सहमत छन्।’

 

सन् २०२० मा लद्दाखको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपपछि दुई मुलुकको सम्बन्धमा तनाव चुलिएको थियो। सो घटनामा २० भारतीय र ५ चिनियाँ सैनिकको ज्यान गएको बताइएको थियो।

त्यसयता सीमा संकट पार लगाउन सैन्य र कूटनीतिक गरी ५० चरणभन्दा बढी वार्ता भइसकेको छ।

गत जुलाईमा दुई देशका विदेशमन्त्रीबीच लाओसमा वार्ता भएको थियो भने यसै महिना भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले रुसमा वाङ यीसँग वार्ता गरेका थिए।

बुधबार न्युयोर्कमा एक सम्बोधनका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले पूर्वी लद्दाखबाट चीन र भारतले सेना पछि हटाउने विषयमा ७५ प्रतिशत समस्या समाधान गरिसकेको बताएका थिए।

‘अहिलेको मुख्य मुद्दा भनेको गस्ती हो,’ उनले भनेका थिए, ‘हामी दुवैले कसरी लाइन अफ एक्चुअल कन्ट्रोलसम्म गस्ती गर्नेरु’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com