ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलमा लागे ‘सानो संसार’ र ‘आँखा’, सेन्सर नहुँदा रोकियो ‘देवरा पार्ट १’


एबीसी न्यूज
आश्विन ११, २०८१ शुक्रबार  १ : २८ बजे

काठमाडौं ११ असोज । आज शुक्रबार सिनेमा हलमा दुई नेपाली फिल्म प्रदर्शन भएका छान्।  अर्जुनकुमारको ‘सानो संसार’ र जौन योन्जन निर्देशित ‘आँखा’ हलमा लागेका हुन्।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्म ‘सानो संसार’ मा सीतादेवी तिमिल्सेना, शिशिर शिवाकोटी, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ।

 

अर्जुनकुमार डंगोलको लगानी रहेको माधव वाग्ले कार्यकारी निर्माता हुन्। फिल्ममा निर्देशक पुडासैनीकै कथा र पटकथा रहेको छ। यस फिल्मले मध्यम परिवारको संघर्षको कथालाई उठान गरेको छ।

अर्जुनकुमारले यसअघि चपली हाइटजस्ता चर्चित सिरिजसहित फिटकिरी, फाटेको जुत्ता निर्माण गरेका थिए। त्यसैगरी, जौन योन्जन निर्देशित ‘आँखा’ स्मिता लामिछाने र अभिनेता आरके मेहता मुख्य भूमिकामा छन्। यस फिल्मले सुकुम्बासी बस्तीमा बस्दै आएको दम्पतीले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्यसबीचमा उत्पन्न परिस्थितिलाई समेटिएको छ।

फिल्ममा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन्।

फरक कथावस्तुमा बनेका यी दुवै फिल्म कम बजेटमा बनेका हुन्। प्रिमियर सोमा उत्कृष्ट प्रतिक्रिया पाएका दुवै फिल्मको व्यापार माउथ अफ वर्ल्डले निर्धारण गर्नेछ।

समयमा सेन्सरका लागि नआइपुग्दा हुन नसक्दा दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ भने नेपालमा प्रदर्शनीमा ढिलो हुने भएको छ।

विदेशी फिल्मको हकमा ४ दिनअगावै सेन्सर पास हुनपर्ने नियम छ। तर, समयमा फिल्म नआउँदा आज यो फिल्म रिलिज हुन सकेन।

चलचित्र जाँच समिति ९सेन्सर बोर्ड० का सदस्य–सचिव राजकुमार थापा भन्छन्, ‘हिजो साँझ मात्र सेन्सरका लागि डकुमेन्ट आएको छ। आज २ बजेपछि जाँचको प्रक्रिया अघि बढ्छ।’

जुनियर एनटीआरको मुख्य भूमिका रहेको यस फिल्मको भारतमा राम्रो ओपनिङ हुने अनुमान गरिएको छ। किनकि फिल्मको अग्रिम बुकिङ निकै आक्रामक छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com