काठमाडौं ८ असोज । यू(२० महिला विश्वकप फुटबलको फाइनलमा उत्तर कोरियाले जापानलाई १–० ले हराएको छ।
कोलम्बियाको राजधानी बोगोटामा आइतबार भएको खेलमा १५औँ मिनेटमा चो इल–सनले गरेको गोलमा उत्तर कोरियाले जापानलाई हराएको हो।
योसँगै उत्तर कोरियाको टोली जर्मनी र अमेरिकासँगै विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ। यस प्रतियोगितामा उत्तर कोरियाले आफ्ना सबै खेल जितेको छ।
१७ वर्षीया चो इल–सन यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी भइन्। उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितिन्।
उत्तर कोरियामा किम जोङ उनको शासन छ। विश्वका अन्य देशभन्दा धेरै कुरामा पछि परेको उत्तर कोरियाको महिला फुटबल टोली बलिया टोलीमध्ये एक हो।
सन् २००७ मा उत्तर कोरियाली टोलीले अमेरिकाको सामना गर्दा विश्वमा पाँचौँ स्थानमा थियो र एक दशकमा तीनवटा एसियाली उपाधि जितेको थियो।







प्रतिक्रिया दिनुहोस्