ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण


मनिषा लामिछाने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)पूरक(ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन्। २ लाख १० हजार तीन सय २१ जनाले परीक्षा दिएका थिए ।

२०८० मा  सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।  परीक्षा नियन्त्रक  कार्यालयका अनुसार नन ग्रेड  र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्।

कार्यालयले ८ जनाको उत्तर पुस्तिका रद्द गरेको छ। ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन्। त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ। २०८० मा  सञ्चालित एसइईको नियमित परीक्षामा पनि  ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। त्यो परीक्षामा अनुत्तीर्णले पूरक परीक्षा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com