ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी भित्र भड्काउ आएपछि नेकपा विभाजन– नेता खनाल


एबीसी न्यूज

माधव नेपाल संग मेरो वैचार अन्तरविरोध हुन्छ 

नेकपा एकीकृत का सम्मानित नेता झलनाथ खनालले अव पार्टीको कार्यदिशा वैज्ञानीक समाजवाद तर्फ जानुपर्ने बताएका छन् । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै  उनले वैज्ञानीक समाजवाद समाववादको कार्यक्रम लैजानुपर्छै भन्ने मेरो धारणा हो, उहाँ बहुदलिय जनवादमा जानुभयो भने माधव नेपालसंग मेरो वैचार अन्तरविरोध रहन्छ । उहालाई पश्चगमन तर्फ नजानु भनेकै छ । समाजवादको आमरूपमा हाम्रो लक्ष्य हो । अन्तिममा हामी पुग्ने ठाउँ भनेको वैज्ञानिक साम्यवाद हो । यो साम्यवाद संसारभरका कम्युनिष्ट र मार्क्सले घोषणा गरेको कुरा हो। समाज आजभन्दा हजारौँ, लाखौँ वर्षअघि मानव समाज साम्यवादी थियो। त्यसपछि दास, सामन्त युगपछि पुँजीवादी युग आयो। पुँजीवाद त पाँच सय वर्ष पनि चल्न सकेन । यो मक्किँदै थोत्रिँदै गएको छ । यसलाई समाजले रूपान्तरण समाजवादले गर्छ । हामी एकपटक साम्यवादमा पुग्छौँ ।

पार्टी भित्र भड्काउ आएपछि नेकपा विभाजन

मुलुकमा २०६२/०६३ को परिपर्वत पछि जस्तो प्रकारको परिवर्तन भयो संविधान बनाउने काममा सवै वामपन्थि एक भयौ संविधान बनि सकेको पछि बामपन्थिहरुको एकता गरेर जानुपर्ने आवश्यकता थियो त्यतिनैवेला पहिलो स्थानिय निर्वाचन भयो त्यसको परिणामले राष्ट्रय चुनावमा मिल्नु पर्छ भन्ने देखिएको र केपी ओलीले मान्नुभयो र चुनावमा लड्यौ ठुला पार्टी भयो पाटी एकता भयो बहुमतको सरकार बन्यो , त्यतिवेलानै नेकपाको सरकार टिकि रहेको मुलुकमा धेरै रिर्वतन आउने थियो तर पार्टी भित्र भड्काउ आएपछि यस्तो अवस्था आयो उहाँले भन्नुभयो । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभ शंकर कंडेलसंग आउटलुक कार्यक्रममा उक्त कुरा बताएका हुन । त्यतिवेलानै समाजवादी कार्यक्रममा जाउ भने कार्यदल बन्यो माधव कुमार नेपालको संयोजजकत्योमा बन्यो अब समाजवादी क्रान्ति तर्पm, अघि जानुपर्छ भने र मैले माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ, केपी ओली संग भनेको थिए त्यतिवेलाको मानेको भए नेकपाको बहुमतको सरकार थियो कार्यक्रम लागु हुने थियो सवै तिर समाजवादी क्रान्ति हुन्थ्यो चिन भारत संग सम्वन्ध पनि राम्रो गर्न सकिन्थो शिक्षा स्वास्थ्य सवै तर्फमा अगाडी बढ्न सक्ने थियौ तर त्यो हुन सकेन । उनले कार्यक्रमा पार्टी एकता भएपछि समाजवाद भन्ने नमान्दा यस्तो अवस्था आएको दावी गरे उनले पार्टी एक भएपनि माओवादीले र एमाले आफ्नो सिद्धान्त छोड्न नसक्दा यस्तो अवस्था दावी समेत गरे ।

जनवर्गिय संगठनमा आ–आफ्ना राख्न खोज्दा ओली र प्रचण्डको दुरी बढ्यो

पार्टी एकता पछि विभिन्न तहमा जनवर्गिय संगठनमा आ–आफ्ना मान्छेलाई अध्यक्ष बनाउ केपी लागेपछि जनवर्गिय संगठनबाट सुरु भएको विवाद सरकार सम्म गयो । र नेकपाको बहुमतको सरकार सम्म गयो । ओलीले भष्मासुर तरिका अपनाए पछि दुईपार्टीको एकता तोडिएको उनले दावी गरे ।

सानो पार्टीलाई हेप्दा अदालतलाई सजिलो

उनले कार्यक्रमा अदालतले पार्टी फुटाउने अधिकार नभएको समेत बताए । अदालले पनि राजनिती गर्यो । त्यति वेला पाटी दर्ता गर्दा विचार पुराउन सकिएन सानो पार्टीलाई हेप्दा पनि यो अवस्था आएको उनले दावी गरे । त्यसैले गर्दा पनि पार्टी अलग बनाउ सहयोग भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई केहि पुजीवादी वर्गका चिन्तनहरुले नेताहरुलाई रुपान्तरण गर्न खोजिएको हुन्छ त्यो बारे नेता संयम हुनुपर्छ । त्यसैले ब्यक्ती ब्यक्ति वीचको टक्करले गर्दा नै नेकपा विभाज भएको हो ।

म एमालेमा जाने हल्लामात्र हो

पार्टी मिल्ने म एमाले जाने भन्ने हल्लामात्र हो । यो हल्ला राजनीतिमा पाखडी हल्ला हो । जवजबाट समाजवादमा पुगिदैन अहिले समाजवादको नाममा दलाल पुजीवादीको प्रनिधित्व गरेको पार्टी एमाले भएको हुदा त्यो तर्फ फर्केने सोचेको छैन ।
आँधीबेरीले दुई ठुला पार्टीलाई बढारिने 

पूर्वप्रधानमन्त्री एवं (नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिए छन् । संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरूलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे । उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताए । दुई ठुला पार्टीले निर्वाचन प्रणाली बदले बहुमत ल्याउने र सरकार संचालन गर्ने भन्नु दिवा सपना भएको समेत बताए । २०६२ ÷६३ को उपलब्धीलाई हटाउने प्रयास गरे जनस्तरबाट उठने आँधीबेरीले दुई ठुला पार्टीलाई बढारिने बताए । ६२ ÷६३ को म्यान्डेट भन्दा बाहिर गए आन्दोलन हुन सक्ने खतरा तर्फ पनि उनले सचेत गराए । उनले कार्यक्रममा जनमत संग्रहमा जान सक्नु पर्ने समेत तर्क गरे, गणतन्त्रको उपलब्धीलाई समानुपतीक हटाउने कुरा संह्य नहुने समेत चेतावनी दिए । उनले देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिँदै समयमा नेपाली नागरिकमा ब्यापक निरासा छाएको बताए त्यसैलाई क्यास गर्न नेताहरुलाइ गाली गर्ने र जनतामा भएको निराशालाई नेता तिर लगाउने भइरहेको बताएका छन् । उनले कार्यक्रमा यो काँग्रेस एमालेको मिलेर बनेको सरकार धेरै अगाडी नजाने समेत तर्क गरे ।

नेता खनालको अन्तर्वार्ता शनिवार ९ बजे र आइतबार विहान ७ बजे पुन प्रसारण हुनेछ । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com