ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित १७ राजदूतबारे संसदीय सुनुवाइ समितिले असोज २ गते निर्णय गर्ने


एबीसी न्यूज

काठमाडौं ३१ भदौ । प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ। समिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो।

प्रस्तावित १७ जना राजदूतको सुनुवाइ सकिएपछि अन्तिम निर्णयका लागि आइतबार बैठक बोलाइएको थियो। तर, प्रतिनिधिसभाको बैठकका कारण समय नपुग्ने भन्दै सुनुवाइ समितिको बैठक अचानक स्थगित गरिएको थियो।

सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ गरेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि छलफल गरेको थियो। उनीसँग विशेष गरी राजदूतको सिफारिस समावेशी नभएको बारे छलफल भएको थियो।

त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो। प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन्।

उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com