ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन्‚ प्रमाण छ- मुकुल ढकाल


एबीसी न्यूज

काठमाडौं ३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको र सबैले त्यसमा विश्वास गरेको उल्लेख गरेका छन् ।

‘रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले आफूले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ‚’ उनले लेखेका छन्‚‘त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।’

उनले रवि लामिछानेले सहकारीबाट एक १।८ करोड ठगेको र त्यो पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १।८ करोड बराबरको सेयर किनेको पनि दाबी गरेका छन् ।

‘१।८ करोड बराबरको सेयर किनेपछि, सोही अनुरूप कम्पनी रजिस्ट्रारको कार्यालयमा आफूले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले‚’ ढकालले लेखेका छन्‚ ‘यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोही अनुसार कम्पनी रजिस्टारको कार्यालयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्‍याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनी रजिस्टारको कार्यालयमा आफूले सेयर किनेको भनेर कागजात पेस गरेका छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com