ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखसँगको छलफल निष्कर्षविहीन, ‘हिंसा’ शब्दबारे माओवादीले पार्टीमा छलफल गर्ने


एबीसी न्यूज

काठमाडौं ३० भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरिले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकलाई सिंहदरबार बोलाएका थिए।

उक्त बैठकमा भएको छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा जानकारी गराउने बताएका छन्।

यही भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ शब्द संसदीय रेकर्डबाट नहटाएसम्म संसद् बैठक चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र छ।

उक्त विषयमा भएको छलफलपछि पाण्डेले भने, ‘खाली शब्दमा मात्रै कुरा होइन। यो समग्र जनयुद्धको भावसँग यो सम्बन्धित छ। हाम्रो दलले अवरोधलाई जारी गर्ने निर्णय भएको हो। फेरि पनि संसदलाई व्यवस्थित बनाउनुपर्छ र चलाउनुपर्छ भन्ने यहाँ कुरा भएको छ। यहाँ भएको विषयवस्तुलाई म आफ्नो दलमा लगेर राख्दैछु।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रमुख सचेतक सन्तोष परियारले पनि छलफल भइरहेको बताए।

आजको संसद् बैठकमा अवरोध राख्ने वा नराख्ने भन्नेबारे स्पष्ट निर्णय भने भइनसकेको प्रमुख सचेतक पाण्डेले बताए।

‘केही समय छलफल गर्नुस् न त भनेपछि यहाँ छलफल भएको विषयलाई आफ्नो दलमा लैजाँदैछु,’ उनले भनेका छन्।

एमाले सांसद भट्टराईले माओवादीको सशस्त्र संघर्ष युद्धलाई ‘हिंसा’ भनेपछि त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले संसद् सचिवालयलाई यसबारे छानबिन गर्न निर्देशन दिएका थिए। छानबिनपछि सभामुख घिमिरेले यही भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द यसअघि पनि प्रयोग भएको उल्लेख गर्दै यो असंसदीय नभएको निर्णय सुनाएपछि माओवादी सांसदले बैठक अवरुद्ध गरेका थिए।

यसपछि भदौ २८ गते बसेको माओवादी संसदीय दलको बैठकले ‘माओवादी जनयुद्ध’लाई अपमान गर्न खोजिएको ठहर गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको छ।

तर सभामुख घिमिरेले उक्त निर्णय प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेरेर गरेको जिकिर गरिरहेका छन्।

नियमावलीले ‘उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्नेछ र सो निर्णय अन्तिम हुनेछ’ भन्ने उल्लेख भएको जानकारी दिँदै सभामुखले निर्णय नै नमान्ने विपक्षी दलको अडानले अन्योलता सिर्जना गरेको आरोप लगाएका छन्।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न भनी भदौ १८ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बृहत् छलफल गरेका थिए।

तर त्यहाँ पनि सत्ता पक्ष र विपक्षका आआफ्ना तर्क रहेको र कतिपय सांसदले सभामुखीय अधिकार प्रयोग गर्न सुझाव दिएकाले सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएको उनको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com