ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हिंसा’ शब्द रेकर्डबाट नहटेसम्म माओवादीले संसद् बैठक अवरोध गर्ने


एबीसी न्यूज

काठमाडौं २८ भदौ ।   प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले जनयुद्धमाथि संघीय संसद्‌मा अपमानित गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो शब्दबारे सच्चिएर निर्णय नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने जानकारी दिए।

‘हामीले विरोध गरेर जानुपर्छ, प्रतिपाद गरेर जानुपर्छ। अबदेखि यो समस्याको समाधान नहुँदासम्म, यो जनयुद्धलाई जसरी अपमानित गरिएको त्यसका बारे सच्चिएर नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौँ,’ उनले भने।

संसदीय दलको बैठकमा प्रचण्डले भने– शान्ति सम्झौताको अपमान गर्ने गरी ‘हिंसा’ शब्दको प्रयोग भयो

गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए।

सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि छानबिन गर्न सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए।

छानबिनपछि यसअघि गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए।

जसबारे माओवादीले शुक्रबारको संसदीय दलको बैठकमा छलफल गरेको थियो।

‘अबदेखि यो समस्याको समाधान नहुँदासम्म यो विषयवस्तुलाई जसरी अपमानित गरिएको छ, यसका बारे सच्चिएर नआउँदा समेत अवरोध गर्ने,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनले अघि भने, ‘हामीले त्यतिबेला पनि सशक्त प्रतिवाद गरेका थियौँ। सभामुखज्यूले त्यतिबेला रुलिङ पनि गर्नुभएको थियो। जसरी त्यो रुलिङको जवाफ आयो। हिंसा भन्ने शब्दलाई मात्रै केन्द्रीत गरेर आयो।’

उनले यो विषय गलत निर्णय भएको र आफूहरू प्रतिवादमा उत्रने जानकारी दिए।

‘नियमावलीमै कसैलाई होच्याएर बोल्न हँदैन भन्ने थियो। जसरी त्यो विषयवस्तु आयो, त्यो शान्ति सम्झौताको विपरितमा रह्यो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com