काठमाडौं २८ भदौ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। केहीबेरदेखि जारी बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुन लागेको हो।
त्यस्तै, राष्ट्रिय सभाको दुई समितिको निर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ।
आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।
नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्