ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमरन बनिन् मिस तामाङ


एबीसी न्यूज

 

 

काठमाडौँ, २० फागुन ।  यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जित्नुभएको छ ।
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको हो ।

सिमरनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गर्नुभएको थियो । उपाधिसँगै उहाँले रु एक लाख पुरस्कार हात पार्नुभयो । कार्यक्रममा सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहि¥याउनुभयो । उहाँ एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एमबास्डरसमेत हुनुभएको छ ।

यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ हुनुभयो ।

यसैगरी, बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप सिम्रन लामा, बेष्ट अनुशासन क्रिष्टिना लामा तथा बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गर्नुभयो ।

निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहनुभएको थियो । तामाङ जातिको कला, संस्कृति, वेशभूषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताउनुभयो ।

‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान हुनुभएको थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपालको गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद् तथा सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com