ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीखण्डको व्यावसायिक खेती


admin
श्रावण १०, २०७४ मंगलबार   १ : ४४   बजे

डडेल्धुरा १० साउन । जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ ।

जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताउनुभयो । उहाँले बगरकोटमा नर्सरी स्थापना गर्नुभएको छ ।

“जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,” उहाँले भन्नुभयो । नर्सरीमा ५०० बिरुवा उमार्नुभएका जोशीले प्रतिबिरुवा रु ३०० का दरले बिक्री गर्न थाल्नुभएको छ । उहाँले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गर्नुभएको हो । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट रु तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ ।

श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय हुनुभएको छ । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् ।

“बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,” अजयमेरुकी राजेश्वरी भट्टले भन्नुभयो ।

श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ ।

सडक अवरुद्ध हुँदा खच्चरको प्रयोग

ग्रामीण क्षेत्रमा सडक अवरुद्ध बनेपछि खच्चरको प्रयोग गर्न थालिएको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै खच्चर व्यवसायीले काम पाउन थालेका छन् ।

जिल्लाका विभिन्न ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यदेखि अन्य सामग्री बोक्ने भरपर्दो माध्यम खच्चर बनेका छन् । सामग्री ढुवानी गर्न खच्चरको विकल्प नभएको भागेश्वर गाउँपालिका–४ आरुकुडाका खच्चर व्यवसायी हरि भाट बताउनुहुन्छ । वर्षात्को समयमा खच्चर व्यवसायी काम पाउँदा खुशी भएका छन् ।

खच्चरमा सामग्री ढुवानी गर्दा सामान्यतया प्रतिकिलोमिटर किलोको रु सातदेखि रु १० सम्म लिने गरिन्छ । दुर्गम ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामग्री ढुवानी गर्न खच्चरको प्रयोग गरिँदै आएको छ । खच्चर मार्फत सामग्री ढुवानी गर्न थालेपछि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ भने यातायातका सवारीसाधन सञ्चालनमा नआउँदा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group