काठमाडौं २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एपीवान टेलिभिजनमा जीवी राईको लगानीको भएको भन्दै सरकारले छानबिन कहाँ पुराएको छ भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रीसँग जवाफ माग गरे ।
‘एनपीवान टेलिभिजनमा जीवी राईको लगानी सरकारलाई छानबिनका लागि अनुरोध गरिएको थियो । यो प्रक्रिया कहाँ पुग्यो‚’ उनले भने । यस्तै उनले मितेरी बचत तथा ऋण सहकारी संस्थाको पीडितले बचत कहिले बचत फिर्ता कहिले हुन्छ भन्दै प्रश्न गरे । उनले मितेरीको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न तेर्साए ।
प्रतिक्रिया दिनुहोस्