काठमाडौं २३ भदौ । लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। श्रीमतीसँगको अंश मुद्दामा दोषी ठहर गर्दै सांसद केसीलाई रुकुम जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर सांसद केसीले आत्मसमर्पण गरेलगत्तै कारागार चलान गरिएको हो।
अदालतको फैसलापछि पनि सजया भुक्तान नगरेका केसी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा ९क० बाट निर्वाचित भएका थिए।
सांसद केसी प्रहरीको फरार सूचीमा थिए।
प्रतिक्रिया दिनुहोस्