ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा बम विस्फोट गराई २२ तले भवन भत्काइयो


एबीसी न्यूज
भाद्र २३, २०८१ आईतबार  १ : ३१ बजे

काठमाडौं २३ भदौ । अमेरिकाको लुजियाना राज्यमा सरकारले २२ तले भवन हर्ट्ज टावर बम विस्फोट गराएर भत्काएको छ।

केवल १५ सेकेन्डमा यो सुन्दर गगनचुम्बी भवन फोहोरको थुप्रोमा परिणत भयो।

केही वर्षदेखि यस भवनलाई जोगाउने प्रयास भइरहेको थियो तर सफल हुन सकेन।

प्रतिवेदनका अनुसार चार वर्षअघि सहरमा आएको चक्रवात ‘लौरा’का कारण भवन नराम्ररी क्षतिग्रस्त भएको र त्यसयता भवन पूर्ण रूपमा खाली थियो।

शनिबार लुजियाना राज्यको लेक चार्ल्स सहरमा रहेको क्याल्कासिउ नदीको किनारमा रहेको २२ तले भवन हर्ट्ज टावरमा बम विस्फोट गराइएको हो।

सहरका मेयर निक हन्टरको उपस्थितिमा भवन भत्काइएको थियो। यो भवन विगत चार वर्षदेखि पूर्ण रूपमा खाली थियो।

भवन भत्काउँदा मुआब्जाको रकमलाई लिएर रियल इस्टेट फर्म हर्ट्ज इन्भेस्टमेन्ट ग्रुपका मालिक र घरधनीबीच अदालतमा विवाद चलिरहेको थियो।

दुवै पक्षबीच सहमति भएपछि अदालतले उक्त भवन भत्काउन आदेश दिएको थियो।

शनिबार भवनभित्र बम राखेर विस्फोट गराइएको थियो। हर्ट्ज टावर १५ सेकेन्डमा ५ तले अग्लो थुप्रोमा परिणत भयो।

यो भवन पहिले क्यापिटल वन टावर भनेर चिनिन्थ्यो। चार दशकभन्दा बढी समयदेखि यो भवन लेक चार्ल्स सहरमा आकर्षणको प्रमुख केन्द्र थियो, तर २०२० मा आएको आँधीका कारण भवनमा ठूलो क्षति पुगेको थियो। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com