काठमाडौं २३ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएपछि नेपाल टेलिकमले पनि आफ्ना नेटवर्कबाट चल्न दिने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटाएको हो।
सरकारले सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कात्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो।
तर सरकारले यही भदौ ६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरेको थियो।
नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्