ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले कति सल्लाहकार राख्लान्, यस्तो छ तयारी


एबीसी न्यूज

काठमाडौ १९ फागुन ।अहिले सबैको जिज्ञासा छ, आर्थिक मितव्ययिताको नारा दिँदै आएका प्रधानमन्त्री केपी ओलीले सल्लाहकार समूह एवं स्वकीय सचिवालयमा कति कर्मचारी राख्लान् ?

कुल बजेटको आधाभन्दा बढी रकम प्रशासनिक एवं कर्मचारीको तलबमा खर्च भइरहेको र संघीयता कार्यान्वयनमा अर्बौं रुपैयाँ थप खर्च हुने अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा ९१ जनाको जम्बो टोली राख्लान् या नराख्लान् ?

यसअघिका प्रधानमन्त्रीले राज्यकोषमा करोडौं व्ययभार पार्दै सल्लाहकार समूह र स्वकीय सचिवालयमा मात्रै ९१ जनासम्म कर्मचारी राख्दै आएका थिए ।

प्रधानमन्त्रीले सल्लाहकार समूहमा मन्त्री, राज्यमन्त्री, सरकारका सचिव, सहसचिव, उपसचिव र अधिकृतस्तरका कर्मचारीसरह सेवा–सुविधा पाउने गरी ४६ जनासम्म कर्मचारी राख्न पाउँछन् ।

स्वकीय सचिवालयमा पनि सचिव, सहसचिव, उपसचिव, अधिकृतदेखि कार्यालय सहयोगीस्तरका कर्मचारी गरी ४५ जनासम्म राख्न पाउने अधिकार प्रधानमन्त्रीलाई छ ।

केही अवशिष्ट अधिकारसहित अनुसन्धानमूलक महत्वपूर्ण विभागहरु आफू मातहत ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई अन्य देशको जस्तै अत्यधिक शक्तिशाली बनाउने तयारी अघि बढाएका छन् ।

राज्यसत्ताको अभ्यास गर्ने गरी प्रधानमन्त्री ओलीले आफू मातहत केही शक्तिशाली निकायहरु खडा गर्दैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतमा जस्तै कार्यालय नै खडा गर्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार राख्ने परामर्श भइरहेको छ । यसका लागि प्रधानमन्त्रीको टिमले गृहकार्य थालेेको छ ।

भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकार मन्त्रीभन्दा शक्तिशाली र सिधै प्रधानमन्त्रीलाई ब्रिफ गर्ने महत्वपूर्ण व्यक्ति मानिन्छन् ।

नरेन्द्र मोदी सत्तामा आएपछि अजित डोबलले सुरक्षा सल्लाहकार छन्, जसलाई नेपालमा संविधान जारी भएपछि लगाएको नाकाबन्दीका आर्किटेक्ट मानिन्छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकारले मन्त्रिपरिषद् बैठकमा समेत सहभागिता जनाउने हैसियत राख्छन् । भारतमा त्यहाँको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ) को गोप्य रिपोर्ट राष्ट्रिय सुरक्षा सल्लाहकारले बुझ्ने गर्छन् ।

नेपालमा पनि गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइसकिएको छ । जासुसी संयन्त्रलाई बलियो र प्रभावकारी बनाउन अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा, इन्टिलिजेन्स र अनुसन्धान जस्ता विभागहरुलाई राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयको छातामुनि राख्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा, इन्टिलिजेन्स र अनुसन्धान जस्ता विभागहरुलाई राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयको छातामुनि राख्ने तयारी गरेका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकारले सुरक्षा मामिला र विदेश मामिला सम्बन्धी सरकारको नीति कार्यन्वयन गर्नेछन् ।

एमाले नेता तथा नेपाल-भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार हुन सक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार आन्तरिक तथा बाहृय मामिलामा प्रधानमन्त्रीका तर्फबाट डिल गर्ने जिम्मेवारी सुरक्षा सल्लाहकारलाई दिइनेछ ।

प्रधानमन्त्रीले आफू मातहतमै रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अलग्गै मन्त्री राख्ने तयारी गरेका छन् । सातै प्रदेशको समन्वय गर्ने साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत सञ्चालन गर्ने गरी नयाँ मन्त्री राख्न खोजिएको हो । यस्तो मन्त्रीले सबै मन्त्रालयको समन्वय गर्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई खारेज गरेर अर्को मन्त्रालय बनाउने हो भने त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेल जाने सम्भावना छ ।

सबै मन्त्रालयहरुबाट क्याबिनेटमा जाने प्रस्तावहरु यही मन्त्रीले अध्ययन गरेरमात्र बैठकमा पेश हुनेछन् । यसअघि मुख्य सचिवले प्रधामनन्त्रीलाई प्रस्तावहरुबारे बि्रफ गर्ने चलन रहेकोमा प्रधानमन्त्रीले नयाँ संरचना खडा गर्न लागेका हुन् ।

एमाले सचिव प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी मन्त्री बनाउने योजनामाथि पनि छलफल भइरहेको एमाले स्रोत बताउँछ । त्यसो भएमा संघीय मामिला मन्त्रालय कायमै हुन्छ ।

सबै संरचनाबारे छलफल चलिरहे पनि प्रधानमन्त्री केपी ओलीको योजनाले ठोस आकार लिन केही समय लाग्ने एक नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com