ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राजनीति’ टिकटकको नयाँ नृत्य चालवाजी :फरेन पोलिसी


जोर्डन हफम्यान

विवादास्पद सामाजिक सञ्जाल एप टिकटकले २०२४ को चुनावलाई परिभाषित गर्दैछ।

टिकटक जस्तो सामाजिक सञ्जालको प्लेटफर्म राजनीतिक प्रचारको महत्वपूर्ण माध्यम बनेको छ। २०२४ को चुनावमा टिकटक जसरी प्रयोग भइरहेको छ, त्यो अब कुनै नृत्य वा मनोरञ्जनमात्र होइन, तर राजनीति र सांस्कृतिक प्रभावको एक सशक्त स्रोत भएको छ।

Screengrabs from political videos on Tiktok show Kamala Harris and Donald Trump on the platform. The images are inside phone frames on a pink and blue background.

१९२४ मा, क्याल्भिन कूलिज, जोन डब्लु. डेभिस, र रोबर्ट ला फोलेटबीचको अमेरिकी राष्ट्रपतिको दौड नयाँ, लोकतान्त्रिक विकास थियोः रेडियोसँग पहिलो पटक सामना गरेको थियो । त्यससअघि, तपाईंले उम्मेदवारहरूको भाषण सुन्न चाहनुहुन्थ्यो भने, तपाईंलाई त्यहाँ भौतिक रूपमै उपस्थित हुनुपर्थ्यो, र त्यो सबैलाई सम्भव थिएन। नयाँ प्रविधिको परीक्षण गर्दै गर्दा, अन्ततः विजयी कूलिज अभियानमा कसैले बुझ्यो कि के कुरा जनतासँग जोडिँदैछ र आगामी पुस्ताका लागि एउटा छोटो बाक्य वा सुक्तिमा लेख्नु पर्छः ‘भाषणहरू छोटो हुनुपर्छ।’ यसरी राजनीतिक ‘साउन्डबाइट’ को जन्म भयो।

१०० वर्षपछि, सन्देश उही नै छ, तर माध्यम फरक छ —अब वयस्कहरूले स्वीकार गर्नुपर्ने बेला आएको छ कि टिकटक केवल भिडियो–साझेदारी अनुप्रयोग मात्र होइन, जसले तपाईंको भान्जीलाई व्यायाम नृत्य सिकाउँछ। पाककलाको सल्लाह र चिडियाखानाका असफल जनावरहरूबीच सँगै राखिएका छोटा, प्रभावकारी राजनीतिक भिडियोहरूले हाम्रो भविष्यलाई निर्धारण गर्न सक्रिय भूमिका खेल्नेछन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनाव पक्कै पनि फेसबुकको चुनाव थियो, जहाँ ‘नक्कली समाचार’ जस्तो मूर्ख शब्द लोकप्रिय भयो। (यस वाक्यांशले ‘झुट’ भन्दा बढी लोकप्रियता किन पायो भन्ने कुराले सधैं मलाई सताउँछ।) २०२० मा, यो ट्विटरको लागि बनाइएको चुनावी वर्ष थियो, जहाँ कोभिड–१९ को तथ्यांक वास्तविक समयमा अद्यावधिक गर्न सकिन्थ्यो, सहरका दङ्गाहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिन्थ्यो, र त्यसपछि रान्डी रेनबोका सङ्गीतात्मक परिहासहरू र साराह कूपरका लिप–सिङ्क ठट्टाहरूमा ‘लाइक’ गर्न सकिन्थ्यो। अब, सन् २०२४ मा, हाम्रो संस्कृतिका धेरै चर्चित मीमहरू टिकटकबाट जन्म हुँदै गएका छन्।

२०१७ मा अन्तर्राष्ट्रिय रूपमा सुरू गरिएको र चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई वेब सुरक्षा र प्रदर्शन समूह क्लाउडफ्लेयरले २०२१ मा गुगललाई समेत पार गर्दै इन्टरनेटमा सबैभन्दा लोकप्रिय चीजको रूपमा घोषणा गर्यो। यो सुन्दा अलिकति आश्चर्यजनक लाग्न सक्छ, तर तपाईंका सहकर्मीहरूलाई सोध्नुस् कि तिनीहरूले त्यो नुस्खा कहाँबाट पाए, उनीहरूले कसरी ‘हाउस अफ द ड्र्यागन’ सिद्धान्त बनाए, वा किन तिनीहरू चार्ली एक्सएक्सको गीत बज्दा औषधि पसलमा आफ्नो गर्दन यसरी हल्लाइरहेका छन्, र त्यसको नसो प्रायः ‘मैले टिकटकमा देखे’।

यो एप २०२० को जुलाईमा अमेरिकामा अलिकति राजनीतिक गरमागर्मीमा पर्‍यो, जब तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई यसलाई प्रतिबन्ध लगाउन आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्ने बताएका थिए। विदेश मन्त्री माइक पोम्पेओले यसलाई र अन्य चिनियाँ स्वामित्व भएका एप र प्रविधिहरूलाई ‘चिनियाँ गुप्तचरका लागि ट्रोजन घोडा’ भन्ने टिप्पणी गरे, र वेल्स फार्गो जस्ता केही कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई यो एपलाई उनीहरूको फोनबाट हटाउन निर्देशन दिए। टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा संयुक्त राज्य अमेरिकामा नै रहन्छ भनेर प्रतिज्ञा गर्नु पर्यो। घरेलु सञ्चालन मुख्यालय लस एन्जलसमा कायम राख्न एक पूर्व डिज्नी कार्यकारीलाई नियुक्त गर्‍यो। कतिपयले ट्रम्पको प्लेटफर्मप्रतिको शत्रुता सुरक्षा भन्दा पनि २०२० को जूनमा ओक्लाहोमाको टुल्सा शहरमा आयोजित र्‍यालीमा के–पप फ्यानहरू र टिकटक प्रयोगकर्ताहरूले उनको अभियानलाई ठगेर ठूलो सहभागी हुने भ्रम सिर्जना गरेको कारणले गर्दा भएको हुन सक्ने बताएका थिए। तर बाइडेन प्रशासनले पनि केही आशंका व्यक्त गरेको थियो, जसले गर्दा २०२३ मा कांग्रेस सुनुवाइहरू र निरन्तर यसमाथि निगरानी गरियो।

तर अधिकांश प्रयोगकर्ताहरूलाई यसबारे केही थाहा छैन वा मतलब छैन। मोबाइलमा घोरिँदै बस्ने जादूले तपाईंको बस छुट्दा पनि मतलव छैन। टिकटकले निस्सन्देह यसका केही प्रयोगकर्ताहरूलाई सेलिब्रिटी वर्गमा पुर्‍याएको छ, तर यसको १७० मिलियन अमेरिकी प्रयोगकर्ताहरूका लागि, यो मात्र निष्क्रिय मनोरञ्जन हो। ‘स्क्रोलिङ्ग’ भन्ने शब्द प्रयोग गरिन्छ, तर तपाइँको फोनमा टिकटक खोल्नु भनेको वास्तवमा शक्तिशाली छालमा डुव्नु जस्तै हो। तपाईंले आफ्ना निकट साथीहरू मात्र अनुसरण गर्नुभए पनि, ‘फर यु’ स्ट्रिम (बाढी जस्तै)ले छिट्टै के तपाईंको चासो राख्दछ र तपाईलाई झन् –झन् थप सामग्रीमा डुबाउँछ।

यो सबै भिडियो सामग्री हो, र यद्यपि यसमा पनि टिप्पणी सेक्सन छ, यो फेसबुक जस्तो छैन, जसले वार्तालापलाई उत्प्रेरित गर्न बनाइएको थियो, वा ट्विटर (अहिलेको नाम एक्स), जहाँ पोस्टहरूले व्यापक प्रसार गर्छन्। टिकटक को सफलताको कारण यसको समावेशिता हो। एउटाले कम्प्युटरबाट टिकटक प्रयोग गर्न सक्छ, तर अन्य अनुप्रयोगहरूको तुलनामा यो एप तपाईंको फोनको लागि डिजाइन गरिएको हो।


Kamala Harris, wearing a blazer and dark plants dances next to a young girl in a yellow polo with a whistler in her mouth. A crowd is seen behind them.
Kamala Harris, then a U.S. senator and presidential candidate, dances as she attends the Democratic Polk County Steak Fry in Des Moines, Iowa, on Sept. 21, 2019.JOSHUA LOTT/GETTY IMAGES

उपराष्ट्रपति कमला ह्यारिसले जुलाई २५ मा टिकटक खाता खोलिन् र दुई हप्ताभन्दा कम समयमा करिब ४.२ मिलियन फलोअरहरू प्राप्त गरिन्। (त्यो निकै व्यस्त दुई हप्ता थियो।) उनले छ वटा खाताहरूलाई फलो गरेकी छिन्, तर उनले आफ्नो सेटिङ्स यसरी राखेकी छिन् कि हामीले ती को हुन् देख्न सक्दैनौं। अनुमान गरौं कि हामीले यसलाई चुनावी अभियानको क्रममा उनले प्रयोग गर्ने नृत्य चालहरूबाट बुझ्नेछौं।

ट्रम्पले २०२० मा यो एपलाई प्रतिबन्ध लगाउने प्रतिबद्धता गरेको भए पनि, उनले पनि यस वर्षको जूनको सुरूमा टिकटकमा खाता खोले र लगभग दुई महिनामा ९ मिलियन भन्दा बढी फलोअरहरू प्राप्त गरे। उनी दुई वटा खाताहरू फलो गरिरहेका छन्ः उनको उम्मेदवारी सहयात्री जे.डी. भेन्सको खाता र ‘टीम ट्रम्प’ जुन उनको आधिकारिक चुनावी अभियानको खाता हो। यसले २५०,००० भन्दा कम फलोअरहरू राखेको छ र विरलै पोस्ट गर्छ। ट्रम्प कहिल्यै आफैलाई चर्चामा ल्याउनबाट टाढा बस्ने व्यक्ति होइनन्।

ट्रम्पको सबैभन्दा धेरै हेरिएको भिडियो भनेको टिकटकमा सामेल भएको घोषणा हो। ‘राष्ट्रपति अब टिकटकमा छन्,’ UFC च्याम्पियन डाना ह्वाइटले एक स्टेडियमको सीमेंट–ले घेरिएको व्याग्राउन्डमा घोषणा गर्छन्। किड रकको ‘अमेरिकन ब्याड एस’ गानाको धुनमा, रिपब्लिकन उम्मेदवार भीडमा घुम्दै, हात हल्लाउँदै, इशारा गर्दै, र सेल्फी खिच्दै देखिन्छन्। केही दर्शकहरू उत्साहित देखिन्छन् भने अन्य आफ्नो पेय पदार्थमा ध्यान केन्द्रित गरिरहेका छन्। यो त्यति रोमाञ्चक भिडियो होइन र १३ सेकेन्डको मात्र छ, जहाँ ट्रम्पले मुस्कानसहित भन्छन्, ‘त्यो राम्रो ‘वाक–अन’ थियो, हैन’ ?

उनको दोस्रो सबैभन्दा लोकप्रिय भिडियो, लगभग उति नै हेरिएको छ , उनको दोस्रो पोस्ट हो, जहाँ उनले देखाउँछन् कि उनी यो प्लेटफर्मको विशेषतालाई बुझ्छन्। यो छ सेकेन्डको भिडियोमा, पहलवानरयुट्युबर लोगान पाउल र ट्रम्प एकअर्कासँग उभिन्छन्, मानौं उनीहरू भिडन्त गर्न गइरहेका छन्, बीचमा च्याम्पियनशिप बेल्ट छ। जब उनीहरू अगाडि बढ्दैछन्, आइसल्यान्डको ब्लूज रक ब्यान्ड कालेओको गीत ‘वे डाउन वी गो’ पृष्ठभूमिमा बज्छ। उनीहरू झगडा गर्ने जस्ता देखिन्छन्, तर हँस्दै अंगालो हाल्छन्। ‘यो, के म डराएको थिएँ !‘ पाउल भन्छन्, कोठामा अरूले हाँस्दै र ताली बजाउँछन् । यो उत्कृष्ट भिडियो हो।

त्यहाँ अरू भिडियोहरू त्यति सफल छैनन्। एउटा भिडियोमा उनी र लोगानका भाइ जेक पाउलले ह्यारिसलाई त्यति धेरै स्मार्ट नभएको भन्दै कुरा गर्छन्, तर यो कसैले सम्पादन गरेको छ, उसले भिडियोलाई राम्रोसँग सम्पादन गर्न सकेको छैन। भिडियो अलमलमा परेको छ र राम्रो प्रतिक्रिया पाएन।

तर अधिक सफल (चार गुणा बढी हेरिएको) अर्को भिडियो छ, जहाँ ट्रम्प र भिडियो गेम स्ट्रीमर एडिन रोसले “द स्टार–स्प्याङ्गल्ड ब्यानर”को बास–बुस्टेड संस्करणमा हाँस्यास्पद हिप शेक गर्छन्। यो पाँच सेकेन्ड मात्रको छ । र यो आफ्नै रूपमा बाह्य कलाको सानो कमाल हो, तर यसलाई तिनीहरूले ट्रम्पको २०२० मा चुनावी अभियानको क्रममा भिलेज पिपलको “वाइ.एम.सी.ए” गीतमा गरेको नृत्यलाई स्मरण गराउने प्रयास गरिएको हो। त्यो समय धेरैले उनको नृत्यलाई हाँसोमा उडाउन खोजेका थिए, तर २३ वर्षको इन्टरनेट सेलिब्रिटीसँग पुनः यस अजीब नृत्यलाई देखाउँदा दुई पटक महाभियोग लगाइएका, ३४ वटा फौजदारी अपराधमा दोषी पाइएका, र यौन दुर्व्यवहारमा उत्तरदायी ठहरिएका ट्रम्पले कहिलेकाहीं आफूलाई पनि मजाकमा उडाउन सक्छन् भन्ने देखाउँछ। यो उनको सम्बन्धमा मैले देखेको सबैभन्दा मानवीय कुरा हो।

Donald Trump, wearing a dark suit and blue tie, clenches his fists and dances in front of a flag-waving crowd in stands outside at a rally.
U.S. President Donald Trump dances at the end of a rally in Carson City, Nevada, on Oct. 18, 2020. MANDEL NGAN/AFP VIA GETTY IMAGES

अर्को तर्फ, कमला ह्यारिसलाई अमेरिकाको ‘फन आन्टी’ भनेर प्रशंसा गरिएको छ र उनले २०२० को नोभेम्बरमा ‘हामीले गर्यौं, जो!‘ भनेको दिनदेखि नै केही हदसम्म “मेम क्विन” को रूपमा पहिचान बनाएकी छिन्। जो बाइडेनबाट जिम्मेवारी लिएपछि पनि, इन्टरनेट प्रयोगकर्ताहरूले उनका अद्वितीय भनाइहरू मन पराए, जस्तै, ‘तिमीलाई लाग्छ कि तिमी सिधै नरिवलको रुखबाट झरेका हौ ?’ र उनले आफ्नो आवाज मसिनो गरेर भनेको, ‘नमस्ते, सेनेटर बेनेट।’ (मलाई त्यो आफैँलाई पनि धेरै मन पर्छ।) उनको चुनावी अभियानसँग, विशेषगरी उनका मिडवेस्टर्न केयर बेयर’ सहयात्री टिम वाल्जसँग, यति धेरै सामग्री छ कि अहिलेसम्म प्रशंसकहरूले नै सारा काम गरिरहेका छन्।

उनको टिकटक खाता नयाँ भएतापनि, ह्यारिसको आधिकारिक पृष्ठमा त्यति धेरै भिडियोहरू छैनन् जसले प्लेटफर्मको विशेषताहरूलाई राम्रोसँग उपयोग गरेका छन्। एउटा भिडियोमा उनी र वाल्ज भीडलाई हात हल्लाउँदैछन्। न कुनै क्याप्शन, न कुनै संगीत—बस उनीहरू हात हल्लाउँदैछन्। एउटा पुरानो भिडियोमा, जुन उनले वाल्जलाई आफ्नो सहयात्री रोज्नु अघि पोस्ट गरेकी थिइन्, त्यही हात हल्लाउने दृश्य मात्र छ। लाग्छ, उनी यसैलाई आफ्नो थिम बनाइरहेकी छन् ।

अन्य केही भिडियोहरूमा संगीत र सम्पादन समावेश गरिएको छ—जस्तै, उनको “रु पाउल ड्र्याग रेस” सेटको भ्रमणको पुनरावलोकन—तर टिकटक दर्शकका लागि विशेष रूपमा केही गरिरहेको जस्तो लाग्दैन। एउटा स्टाफले आफ्नो फोनमा बस भिडियो खिचेको छ। कम्तीमा उनीहरूले एटलान्टाको र्‍यालीको समयमा मेगन थे स्ट्यालियनसँग छोटो दृश्य लिएका छन्, जहाँ मेगनले ‘भविष्यको संयुक्त राज्य अमेरिकाको राष्ट्रपति’ भन्दै उनको प्रशंसा गर्दै आफ्नो चिनारीको “आह्ह्ह” थपेकी छिन्।

ह्यारिसको सबैभन्दा धेरै हेरिएको टिकटक भने एनसिङ्कका सदस्य ल्यान्स बाससँगको एक रमाइलो भिडियो हो, जसमा बासले अगाडि फर्केर सोध्छिन्, ‘कमला, हामी नोभेम्बरमा डोनाल्ड ट्रम्पलाई के भन्न जाँदैछौं ?’ त्यसपछि उनले आफ्नो फोन ह्यारिसतर्फ मोड्छिन्, जसले उत्तर दिन्छिन्, ‘बाई, बाई, बाई’ र यसै नामको ब्वाय ब्यान्डको २००० हिट गीत बज्न थाल्छ। यो साधारण छ (कुनै सम्पादन छैन), र आवाज अलि नमिल्दो छ (उनको आवाज अलि सानो छ), तर प्रभावकारी छ। उनको मुस्कान अद्भुत छ, र बास अगाडि भए तापनि, यो टिकटकमा ह्यारिसको हाँसोका रेखाहरूले मुख्य भूमिका खेल्छन्। उनी धेरै मिलनसार र पहुँचयोग्य देखिन्छिन्। यदि उनी यस्ता अरू केही भिडियोहरू निकाल्न सफल हुन्छिन् भने, उनी अपराजेय हुनेछिन्। (कम फलोअर भएको पहिलेको एउटा खाता, कमला एचक्यू, अलि बढी खेलबाजीपूर्ण छ र प्रायः समाचार क्लिपहरूलाई संगीतमा सेट गर्दै सम्पादन गर्छ, वा युवा, क्यामेरा–अनुकूल स्टाफहरूलाई दृश्यात्मक प्रहसनहरू सिर्जना गर्न प्रयोग गर्छ।)

यी आउँदै गरेका केही महिना मात्र अमेरिकी मतदाताहरूको लागि परीक्षण होइन, टिकटकको लागि पनि हो। यदि यो एपलाई किशोरको शयनकक्षबाट निकालेर ठूलो वित्तीय चासोहरूको हातमा दिने समय कहिल्यै हुने भए, यो नै हो। हालसम्म, ह्यारिसका बारेमा भाइरल भएका भिडियोहरूले ह्यारिसका आफ्नै भिडियोहरूलाई उछालिरहेका छन्। तपाईं एप खोल्न सक्नुहुन्छ, उनको नाम सर्चबारमा राख्न सक्नुहुन्छ, र आँकडाहरू आफैँ हिसाब गर्न सुरु गर्न सक्नुहुन्छ। एउटा साधारण १९ सेकेन्डको भिडियो, जसलाई प्रयोगकर्ता mभबतदबििद्दठण्द्द ले अपलोड गरेको छ र करिब २ मिलियन दर्शक प्राप्त गरेको छ, ह्यारिसलाई लिएर ‘यस क्विन’ प्रचारमा फस्ने दोषपूर्ण आत्मस्वीकृतिको रूपमा प्रस्तुत गरिएको छ। ‘उनी एक राजनेता हुन्’  प्रयोगकर्ता हाँस्दै भन्छ, र थप्छ, ‘म अझै उनलाई भोट दिन्छु, तर मलाई उनलाई भोट दिन मन लाग्छ भन्ने कुरामा खुशी लाग्दैन।’ अभियानभित्र कोही यस्तो वास्तविक राजनीतिक अभिव्यक्ति कहिल्यै निकाल्न सक्छ ? अझ महत्त्वपूर्ण कुरा, उनीहरूलाई त्यो गर्नुपर्ने जरुरी पनि छैन, जब अरूले नै उनीहरूको काम गरिरहेका छन्।

यो पढिरहेका केही मानिसहरूले यसलाई अस्वीकार गर्दै टिकटक केवल युवा पुस्ताको लागि मात्र हो र यो व्यापक जनतासँग सम्बन्धित छैन पनि भन्नेछन्। यो सत्य हो कि यो एप प्रायः युवापुस्तासँग लोकप्रिय छ, तर ध्यान दिनुहोस् कि प्यु रिसर्च सेन्टरले गत वर्ष रिपोर्ट गरे अनुसार अमेरिकामा ३० वर्ष मुनिका एक तिहाइ वयस्कहरूले नियमित रूपमा टिकटकबाट समाचार लिने गर्छन्। अझ, तपाईं यति बूढो हुनुहुन्छ कि तपाईं आफ्नो फोनलाई मात्र शेयर मार्केट हेर्न, यांकीहरूले फेरि कसरी आफ्नो अग्रता गुमाए भन्ने हेर्न, र सबैभन्दा पुरानो ढाँचामा फोन कल गर्न प्रयोग गर्नुहुन्छ भने पनि, हाम्रा संस्कृतिका बीउहरू जहाँतहीं अंकुरण गर्छन्। मूर्खतापूर्ण मेमहरू विचारहरूमा परिणत हुन्छन्। र ती सिधै नरिवलको रुखबाट झर्दैनन्।

: फरेन पोलिसी म्गागजिनको अनलाइन संसकरणबाट

सेप्टेम्बर ६, २०२४

लेखकः जोर्डन हफम्यान, न्यूयोर्कको क्विन्समा बसोबास गर्ने चलचित्र समालोचक र मनोरञ्जन पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com