ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवालाई अझ सर्वसुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता


एबीसी न्यूज

काठमाडौं २१ भदौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम को नवनियुक्त प्रबन्ध निर्देशक ९एमडी० सङ्गीता अर्याल पहाडीले टेलिकमको सेवालाई अझ दुरुस्त बनाएर यसको गुणस्तर वृद्धि गर्ने बताउनुभएको छ ।

तपाईँका प्राथमिकता के हुन् भनी राखिएको जिज्ञासामा गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘सेवालाई अझ चुस्त, दुरुस्त बनाउने र सेवाको गुणस्तर वृद्धि गर्ने हो । सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने नै मुख्य कुरा हुन् ।’’

उहाँले फोरजी सेवालाई अझ विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँ खुला प्रतिस्पर्धाबाट छनोटमा परी सो पदमा नियुक्त हुनुभएको हो ।

यसअघि नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा अर्याललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउनुभएको थियो ।

अर्याल गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकका रूपमा कार्य गर्दै आउनुभएको छ । उहाँ २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएको हो । २०७८ माघ १८ मा उहाँ नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभयो ।

त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट अर्यालले इन्जिनियरिङमा स्नातक तथा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।ई। गर्नुभएको छ । टेलिकममा उहाँ ११ तहको वरिष्ठ कार्यकारीसमेत हुनुहुन्छ ।

विगत ३० वर्षदेखि दूरसंचारमा विशेषज्ञता हासिल गर्नुभएका अर्यालसँग टेलिकमको मुख्य प्राविधिक अधिकारी, मुख्य वाणिज्य अधिकारी, ब्याकबोन ट्रान्समिशन निर्देशनालयमा प्रबन्ध निर्देशक र हाल नेपाल टेलिकमको केन्द्रीय कार्यालयको प्रमुख प्राविधिक अधिकृतको पदका अतिरिक्त कार्यवाहक ९कार्यकारी० प्रबन्ध निर्देशकको रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दै आउनुभएको छ ।

उहाँसँग माइक्रोवेभ, अप्टिकल फाइबर, राउटर स्विच, सेलुलर नेटवर्क, दूरसञ्चार उत्पादनको मार्केटिङमा व्यावसायिक विशेषज्ञता, मिडिया व्यवस्थापन, मूल्य अभिवृद्धि सेवाहरू व्यवस्थापन, उत्पादन प्याकेजिङ, घटना व्यवस्थापन, ब्यान्डविथ व्यवस्थापन, अन्तर्राष्ट्रिय आवाज, डेटा, एटीपी ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय साझेदार व्यवस्थापन, कम्पनीको सीएस आर व्यवस्थापन, ठगी प्रणाली व्यवस्थापन, बिलिङ प्रणाली अनुगमन र व्यवस्थापन, नियामक इन्टरफेस, ताररहित नेटवर्क गरी विभिन्न प्रसारण प्रणालीहरूको क्षेत्रमा दक्षता छ ।

उहाँ संविधानविद लक्ष्मण अर्याल र सुष्मा अर्यालकी छोरी हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com