काठमाडौं २१ भदौ । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव ९राजस्व० दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ।
बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
त्यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘ग्लोबल अप्रेसन नेटवर्क अफ एन्टि करप्सन ल इनफोर्समेन्ट अथोरिटिज ९ग्लोब नेटवर्क० को सदस्यता स्वीकृति गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयः
प्रतिक्रिया दिनुहोस्