ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा साँझ टी८ संकेत जारी हुने, टाइफुन यागी सहरबाट ३ सय किमिको दूरीमा


एबीसी न्यूज
भाद्र २०, २०८१ बिहीबार  १२ : ५१ बजे

काठमाडौं २० भदौ । हङकङ अब्जर्भेटरीले बिहीबार बेलुका ६स्२० मा टाइफुन नम्बर ८ संकेत जारी गर्ने भएको छ।

यतिखेर हिजो साँझ ६स्४० मा जारी गरिएको टी३ संकेत कायमै छ। किन्डरगार्टेन तथा विशेष विद्यालयहरू बन्द गरिएको छ।

अब्जर्भेटरीले टाइफुन यागी बिहीबार रातिदेखि शुक्रबार बिहानसम्ममा सहरको दक्षिणपश्चिममा ३ सय किलोमिटरको दूरीमा रहने अनुमान गरेको छ।

बिहान ११ बजे यो हङकङको ३८० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो। दिउँसो १२स्४५ मा अद्यावधिक अब्जर्भेटरीको बुलेटिनमा ३७० किलोमिटरको दूरीमा रहेको जनाएको छ।

‘यागी परिपक्व आँधी हो। हालको पूर्वानुमानअनुसार यागी सुपर टाइफुनको तीव्रतामा रहनेछ र भोलि बिहान हङकङको दक्षिणपश्चिममा करिब ३ सय किलोमिटर स्कर्ट हुनेछ,’ उक्त बुलेटिनमा भनिएको छ, ‘यागीसँग सम्बन्धित आँधीले पर्ल नदी वरपरको क्षेत्रमा आज राति र भोलि बिहान असर गर्ने अनुमान गरिएको छ।’

टी८ संकेत लागु हुनेबारे अब्जर्भेटरीले थप भनेको छ, ‘स्थानीय वायु क्रमशः बलियो हुने र मौसम बिग्रनेछ। आज साँझ ६स्२० मा अब्जर्भेटरीले आँधीको संकेत, नम्बर ८ जारी गर्नेछ।’

पूर्वानुमानकर्ताले जनतालाई तटीय क्षेत्रबाट टाढा रहन र पानीसम्बन्धी खेलहरूमा संलग्न नहुन सुझाव दिएका छन्। बाहिरी क्षेत्रमा काम गर्ने कामदारहरूलाई मौसम परिवर्तनबारे सतर्क रहन पनि अब्जर्भेटरीले आग्रह गरेको छ।

साथै, शुक्रबार सहरमा भारी वर्षा हुने समेत अब्जर्भेटरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com