ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको अमेरिकाको आरोप, गर्‍यो नयाँ प्रतिबन्ध घोषणा


एबीसी न्यूज
भाद्र २०, २०८१ बिहीबार  १२ : ४० बजे

काठमाडौं २० भदौ । अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाउँदै रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ।

अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको हो।

महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रुसी राज्य मिडिया आरटी ९पहिले रसियन टुडे० ले अमेरिकी दर्शकका लागि लुकेका रुसी सन्देश उत्पादन गर्न र डेलिभर गर्न टेनेसी फर्मलाई १० मिलियन तिरेको आरोप लगाए।

प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि प्रमुख छ। अमेरिकाले भनेको छ, ‘हाम्रा संस्थाहरूप्रति जनताको विश्वासमा आँच पुर्‍याउने प्रयास भइरहेको छ।’

तर आरटीले आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ।

गारल्यान्डले भनेका छन्, ‘मस्को ९रुस० डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको चुनावमा ‘आफ्नोअनुकूल नतिजा’ चाहन्छ।’

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदातालाई प्रभाव पार्ने भएको आरोप लगाए।

अमेरिकी अधिकारीहरूले आरटी र अन्य रुसी राज्य मिडियाले गुप्त रूपमा अमेरिकी इन्फ्लुएन्सर्सलाई आफ्ना गलत कामको समर्थन गर्न भर्ती गर्ने अभियान सञ्चालन गरेको दाबी गरेका छन्।

यी हुन् बाइडेन प्रशासनले रुसविरुद्ध गरेका प्रतिबन्ध र घोषणा

–आरटीका दुईजना प्रबन्धकलाई अमेरिकी भूमिमा रुस–समर्थक प्रचारप्रसार गर्न आर्थिक सहयोग गरेको आरोप।

–आरटीका सम्पादक सिमोन्यानसहित दुई संस्था र १० जनाविरुद्ध प्रतिबन्ध।

–रुसको राज्य मिडियासँग सम्बन्धित कर्मचारीका लागि भिसामा प्रतिबन्ध।

–सामाजिक सञ्जालमा अमेरिकी जनतामाझ एआई उत्पादित झुट कुरा फैलाउने ३२ इन्टरनेट डोमेन जफत।

–रोसिया सेगोड्न्या र यससँग सम्बन्धित पाँचवटा प्लेटफर्म आरआईए नोभोस्टी, आरटी, टीभी(नोभोस्टी,रप्टली र स्पुतनिकलाई विदेशी मिसनको दर्जा र तिनका कर्मचारीको जानकारी अमेरिकी सरकारलाई रिपोर्ट गर्नुपर्ने।

–रुसी ग्रुप, रुसी एंग्री ह्याकर्स डिड इटसँग सम्बधित ह्याकरबारे जानकारी दिनेलाई १ करोड डलर पुरस्कार दिइने।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com