ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट, साढे १३ अर्बको किनबेच


एबीसी न्यूज

काठमाडौं १८ भदौ । ६ अंकले हरियो भएको बजारमा साढे १३ अर्बको सेयर किनबेच भएको छ।

मंगलबार नेप्से ६।९० अंकले हरियो भएर २८३०।१६ विन्दुमा थामिएको हो।

उतारचढावका बीच ३ करोड कित्ता बिक्रीमा १३ अर्ब ५७ करोडको खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट
आज सातवटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

बढेकामा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर रहेका छन्।

यी कम्पनीका लगानीकर्ताले क्रमशः ११५।५०, ६४, १३९।७०, ७८।४०, १७६।७०, १४१।६० र ६३।१० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्। यसबाहेक अन्य ५ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।

आज गुमाउने लगानीकर्ताले ८।८६ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। सर्वाधिक कारोबार भने एनएलजी इन्स्योरेन्सको भएको छ। कम्पनीको ३४ करोडको कारोबार भएको हो।

यसबाहेक गुडविल फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोड २६ लाख, अपि पावरको २६ करोड ४४ लाख र हिमालयन रिइन्स्योरेन्सको २५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com