ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिन आवेदन र सिफारिस माग


एबीसी न्यूज

काठमाडौं १८ भदौ । सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो ।

१५ साउनमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलाई प्रदान गरिएको पुरस्कार वार्षिक रुपमा वितरण हुन नसकेको भन्दै ध्यानाकर्षण जनाएका थिए । त्यसपछि प्रधानमन्त्री कार्यालयले त्यसको तयारी गरेर १ असोजमा पुरस्कार वितरण गर्ने तय गरेको छ ।

१४ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेर पुरस्कार तथा अनुदान सहयोगका लागि आवेदन माग गरिएको छ ।

मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई यो पुरस्कार तथा अनुदान सहयोग दिने व्यवस्था कार्यविधिमा छ ।

बालबालिका, युवा र अन्य खालका प्रतिभाहरुमध्येबाट उत्कृष्टलाई वर्षैसाल २० लाख रुपैयाँ पुरस्कार राशीको राष्ट्रिय प्रतिभा पुरस्कार दिने व्यवस्था छ । यस्तै क्षेत्रमा काम गरिरहेकाहरुलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ दिने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक सथानीय तहबाट यो पुरस्कार तथा अनुदानका लागि २र२ जनाको नाम मागेको छ । २४ भदौभित्र स्थानीय तहले पठाएका नाम समेत समावेश गरेर पुरस्कार सिफरिस गरिनेछ ।

१७ मंसिर २०७५ मा सरकारले दुई करोड २० लाखको कोष स्थापना गर्दै पुरस्कार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com